नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

फ्रान्सवाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण भएको पुष्टि

ओखलढुङ्गान्युज, चैत १० काठमाडौ । फ्रान्समा अध्ययन गरेर फर्किएकी एक नेपाली युवतीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय मै आज आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको हो ।

मन्त्री ढकालले शोमबार स्वास्थ्य मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि फ्रान्सबाट फर्किएका एकजना नेपालीमा कोरोनाको पोजेटिभ देखिएको जानकारी दिनुभयो । कोरोनाको संक्रमण देखिएकाहरुको उपचार भैरहेको पनि पत्रकार सम्मेलनमा मन्त्री ढकालले जानकारी दिनुभयो । कोरोना भाईरसवाट संक्रमित हुने व्यक्ति १९ बर्षको रहेको र उनी फ्रान्समा अध्ययनरत विद्यार्थि रहेको पनि मन्त्रि ढकालले जानकारी दिनुभयो । उनी फ्रान्सबाट आएपछि आफैं क्वारेन्टाइनमा बसेकी थिइन्, उनको रिपोर्ट आर्इतवार प्रयोगशालाले पोजेटिभ देखाएपछि अस्पताल भर्ना भएकी थिइन् । उनिसँग सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टाइनमा रखिएको छ ।

मन्त्री ढकालले कोरोना भाईरसको संक्रमणक अवस्था र नेपालमा भैरहेको तयारीका बारेमा समेत जानकारी गराउनु भएको थियो । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न गरेको आग्रहलाई पत्रकार सम्मेलन मार्फत पुन अनुरोध गर्नुभएको छ ।

भाईरस संक्रमणको बारेमा पत्रकार सम्मेलन मार्फत पुष्टि गराए पनि कोरोना कसलाई लागेको हो भन्ने नाम भने सार्वजनिक गरिएको छैन । तर संक्रमित व्यक्तिको सम्पर्कमा आएका अरु व्यक्तिलाई समेत क्वारेनटाइनमा राखिएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले जानकारी दिनुभयो ।