नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

चैत १० गतेदेखि लामो दुरीका यात्रुबाहक सवारीमा प्रतिबन्ध

ओखलढुङ्गान्युज, चैत ८ काठमाडौं । चैत १० देखी देशभर चल्ने लामो दुरीको सवारी साधनहरु नचल्ने भएका छन् ।  सरकारले चैत १० गतेदेखी लागुहुने गरि  लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाएसगै आईतवारवाट लामोदुरीको सवारी साधनहरु नचल्ने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझ देशबासीलाई सम्बोधन गर्दै कोरोना भाईरसको संक्रमणवाट बच्न शतर्कता अपनाउनका लागि केही प्रतिबन्ध घोषणा गरेका हुन् । सोही घोषणा अनुसार चैत १० गतेदेखि लामो दुरीमा चल्ने सबै प्रकारका यात्रुबाहक सवारी सञ्चालनमा रोक पनि समावेश छ ।

त्यसैगरि चैत ९ गते देखि चैत १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरिएको छ । आन्तरिक उडानहरु भने रोकिने छैनन् । अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गर्दा बाटोमा अलपत्र परेकाहरू नेपाली नागरिकहरुलाई सम्बन्धित देशमा रहेको दूताबासले सुरक्षित क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ ।

सीमानाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने  तथा  चैत ९ देखि २१ सम्म अत्यावश्यक बाहेक सबै कार्यालयबाट दिइने सेवा बन्द गरिने प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ । प्रधानमन्त्रीको संबोधनलाई कडाईका साथ लागू गर्न सरकारका सबै निकायहरु तथा गैरसरकारी संघसंस्थाहरलाई समेत निर्देशन दिईएको छ ।