नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

बोलेरो दुर्घटना अपडेट ः घाईते ८ जनालाई काठमाण्डौं लगियो

ओखलढुङ्गान्युज, फागुन २९ ओखलढुङ्गा । विहिवार विहान केतुकेमा भएको बोलेरो दुर्घटनाका घाईते ८ जनालाई काठमाण्डौं लगिएको छ । विहान करीब पौने ६ बजे मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. ४ केतुकेमा विरगञ्जवाट ओखलढुङ्गाको रुम्जाटार तर्फ आउदै गरेको प्रदेश नं.  ३–०१०२२ च ३१८३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको थियो ।

गाडीमा सवार रहेका मध्ये ११ जना घाईते भएकोमा ३ जनाको सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । गाडीमा सवार रहेका केही विरामीको अवस्था गम्भिर भएको भएपनि अरु विरामीले पनि उतै उपचार गर्ने चाहना व्यक्त गरेपछि उनीहरुलाई काठमाण्डौं पठाईएको हो । काठमाण्डौं पठाईएका विरामीहरुमा पर्साका अनिल कुमार सहनी ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका राजन घले, सनम घले, बल बहादुर श्रेष्ठलाई काठमाण्डौं पठाईएको छ ।

त्यस्तै  पर्सा जिल्ला घर भएकी सुगम्भीदेवी मुखिया रामेछाप जिल्ला मन्थलीका कपिल मगर, ओखलढुङ्गाका विराज थापा, सुगम्भीदेवीकी एक महिनाको छोरा आकाश कुमार मुखियालाई थप उपचारका लागि काडमाण्डौं पठाईएको हो । नेपाली सेनाको दुईओटा हेलिकप्टरमा विरामीलाई उपचारका लागि काठमाण्डौं पठाईएको छ ।

घाईतेहरुको अहिले हेल्पिङ हेण्डस हस्पिटल चावहिलमा उपचार भैरहेको जनाईएको छ । दुर्घटनामा परेको बोलेरो प्रदेश नम्बर २ को पर्सा जिल्लाको विरगञ्जवाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा रहेको महिन्द्रा गाडी सो रुमको सामानसगै सोरुमका सञ्चालक र कामदारहरु बोकेर आएको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बोलेरो सडकवाट करीब १ सय ५० मिटर तल खसेको थियो । बोलेरो दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।