नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा बोलेरो दुर्घटना, ११ घाईते, ५ को अवस्था गम्भिर

विएन श्रेष्ठ, फागुन २९ ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा विहिबार विहान बोलेरो गाडी दुर्घटना भएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा बोलेरो दुर्घटना हुदा वोलेरोमा सवार ११ जना घाईते भएका छन् । विरगञ्जवाट ओखलढुङ्गाको रुम्जाटार तर्फ आउदै गरेको प्रदेश नं. ३–०१०२२ च ३१८३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

बोलेरो दुर्घटनामा परि बोलेरोमा सवार रहेका १२ जना मध्ये ११ जना घाईते भएका छन् । घाईते ११ जना मध्ये पनि ४ जनाको अबस्था गम्रि रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा परि घाईते भएका बोलेरोका चालक पर्सा जिल्ला घर भएका वर्ष २१ का अनिल कुमार सहनीको अवस्था गम्भिर रहेको छ । उनको ढाड भाचिएको सामुदायीक अस्पताल सोब्रुले जनाएको छ ।

दुर्घटनामा परि गम्भिर घाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका बर्ष ४० का राजन घले, वर्ष ३९ का सनम घले र वर्ष ३८ को बल बहादुर श्रेष्ठ, पर्सा जिल्ला घर भएका वर्ष २५ की सुगम्भीदेवी मुखिया रहेका छन् । त्यस्तै दुर्घटनामा परि घाईते हुनेहरुमा रामेछाप जिल्लाका वर्ष ३० का कपिल मगर, सिद्धिचरण नगरपालिका वडा नंं. १२ वस्ने वर्ष ३४ को विराज थापा रहेका छन् ।

त्यस्तै पर्सा जिल्लाका वर्ष १७ का राजकुमार सहनी, वर्ष २२ का हिरालाल मुखिया, पर्सा जिल्लाका सुगम्भीदेवीकी ३ वर्षकी छोरी अञ्जु कुमारी मुखिया र उनकै एक महिनाको छोरा आकाश कुमार मुखिया घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले जानकारी दिनुभयो । गाडीमा सवार पर्सा जिल्ला कै वर्ष १९ को कृष्ण चौधरी भने सकुशल रहेका छन् ।

घाईतेहरुको उद्धार गरि उपचारका लागि अहिले सामुदायीक अस्पताल सोब्रुमा ल्याईपुर्याईएको छ । गम्भिर घाईते भएका विरामीहरु बोलेरोका चालक अनिल कुमार सहनी, सुगन्भीदेवी मुखिया र उनका बच्चाहरुलाई थप उपचारका लागि हेलिकप्टरवाट काठमाण्डौ पठाउने तयारी भैरहेको पनि प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको बोलेरो प्रदेश नम्बर २ को विरगञ्जवाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा रहेको महिन्द्रा गाडी सोरुमको सामानसगै सोरुमका सञ्चालक र कामदारहरु बोकेर आएको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बोलेरो सडकवाट करीब १ सय ५० मिटर तल खसेको छ । बोलेरो दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।