नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा बाल कक्षाका एक शिक्षिका मृत फेला

विएन श्रेष्ठ, फागुन २७ ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा बाल कक्षाका एक शिक्षिका मृत फेला परेकी छिन् । मोलुङ गाउँपालिका वडा नं. ५ प्राप्चा घर भएकी अन्दाजी वर्ष ३२ की हिरादेवी कटवाल कार्की मृत फेला परेकी हुन । साविकको प्राप्चा गाविस वडा नं. ९ को भतेरे भन्ने ठाँउको ओखरबोट नजिक उनी मृत फेला परेकी हुन् ।

सडक वाट करीब १५ मिटर तल, शरिरमा चोटै चोट भएको अबस्थामा उनको शब फेला परेको मोलुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टंकनाथ दाहालले जानकारी दिनुभयो । उनी सहिद पेशल आधारभूत विद्यालय मोलुङ ६ श्रीचौरकी वालशिक्षा सहयोगी कार्यकर्ता हुन् ।

हिरादेवी घरवाट खाना खाएर मंगलवार विहान विद्यालय गएको पारिवारीक श्रोतले बताएको छ । उनको अढाई वर्षको एक छोरा छन् । हिरादेवीका श्रीमान् धन बहादुर कार्की विगत डेढ वर्षदेखी बैदेशिक रोजगारीमा गएका थिए । रोजगारीमा गएका श्रीमान् अहिले विदामा एक महिना अगाडी मात्रै घर आएका थिए । 

यो समाचार तयार पार्दै गर्दा घटानास्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलन बस्नेतको टोली पुगेको छ । भर्खरै घटनास्थलमा पुगेको प्रहरीले घटनास्थलको बारेमा अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । प्रहरीले सर्जमिन मुचुल्का गरि शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाईने प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । घटनाको बारेमा थप विवरण भने आउन बाकी रहेको छ ।