नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

ओखलढुङ्गान्युज, फागुन २० सोलुखुम्बु । घाँस काट्ने क्रममा भीरबाट लडेर सोलुखुम्बुमा एक महिलाको मृत्यु भएको छ। र्मत्यु हुनेमा सोलुखुम्बु जिल्ला थुलुङदुधकोशी गाउँपालिका वडा नं. ८ की वर्ष ५८ की उत्र कुमारी राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार साविकको देउसा गाविस वडा नं. ८ को मुल्ठा भिर भन्ने ठाउँमा घाँस काट्न गएकी राई भिरमा चिप्लीएर लड्दा उनको घटनास्थलमा नै र्मत्यु भएको हो । घाँस काट्न श्रीमान् श्रीमती दुवैजना उक्त भिरमा गएका थिए । घाँस काट्ने क्रममा राई चिप्लीएर भिरवाट खसेकी थिईन् । शोमबार दिउसो लडेकी राई बेपत्ता भएकी थिईन् ।

चिप्लिएर लडेकी राई बेपत्ता भएपछि उनीलाई खोज्ने क्रममा घाँस काट्दा चिप्लिएको ठाँउवाट करीब २ सय मिटर तल भिरमा अड्किएको अबस्थामा उनको शब फेला परेको बताईएको छ । भिरबाट शबलाई निकालेर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल फाप्लु तर्फ पठाईएको थुलुङदुधकोशी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष रामसंघर्ष किरातीले जानकारी दिनुभयो ।