नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

नेकपाका अध्यक्ष प्रचण्ड माथि जुत्ता प्रहार

नेकपा जुम्ला भन्छ ः तिरुवा सहिद परिवारका सदस्य हैन

ओखलढुङ्गान्युज, फागुन १८ काठमाण्डौं । आईतवार राष्ट्रियसभा गृहमा भएको एक कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको छ।  प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा सम्बोधन गरिरहेकै समयमा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार गर्नसाथ जुत्ता प्रहार गर्ने व्यक्ति हानिएको जुत्ता मञ्चमा पुगिनसक्दै प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रचण्डलाई जुत्ता प्रहार गर्ने ब्यक्ति जुम्लाका रतन तिरुवा भएको प्रहरीले जनाएको छ । तिरुवा जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारको छोरा भएको केही सञ्चार माध्यमहरुले जनाएपनि उनी सहिद परिवारका सदस्य नभएको पाईएको छ ।

आईतवार राष्ट्रिय सभागृहमा भएको घटना पश्चात घटनाको निन्दा गर्दै नेकपा जुम्लाले एक विज्ञप्ती जारी गरेको छ । नेकपा जुम्लाले विज्ञप्ती गर्दै तिरुवा जनयुद्धका सहिद परिवार पनि नभएको कुनै नेकपाको सदस्य समेत नभएको बताएको हो । विज्ञप्तीमा भनिएको छ, ‘जुम्लाको सिंजा गाउँपालिका निवासी मनु तिरुवाको छोरा रतन तिरुवा हाम्रो पार्टीको सदस्य होइन । साथै उनी कुनै सहिद परिवारका सदस्य पनि होइनन् ।’ रतन तिरुवा यसअघि पनि पटक पटक अराजनीतिक गतिविधिमा लागेकको र उनलाई नेपाल प्रहरीले खोजी गरिरहेको जारी विज्ञप्तीमा दाबी गरिएको छ ।

प्रचण्डमाथि जुत्ता प्रहारको कोसिस असफल भएलगत्तै तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि तिरुवामाथि सचिवालयका केही सदस्यले कुटपिट पनि गरेका थिए ।  तर तिरुवालाई कुटपिट नगर्न नेता तथा कार्यकर्तालाई प्रचण्डले आग्रह गर्नुभएको थियो ।

आईतवार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धका क्रममा गर्ने वर्ग संघर्षको परिभाषा र अहिलेको परिभाषा फरक परेको भन्दै आवेशमा आएर आफूले जुत्ता हानेको बयान तिरुवाले प्रहरीलाई दिएका थिए । यसवारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

नेकपा जुम्लाले निकालेको प्रेश विज्ञप्ती