नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

स्विस दुतावासको स्पाष्टोक्ती ः मिश्र स्विस कम्पनीका एजेण्ट होइनन्

ओखलढुङ्गान्युज, फागुन ९ काठमाण्डौं । सञ्चार तथा सूचना प्रबिधि मन्त्रि गोकुल बास्कोटाको टेलिफोन सम्वाद काण्डमा मुछिएका विजय प्रकाश मिश्र आफ्नो एजेण्ट नभएको स्विस दुतावासले जनाएको छ । काठमाण्डौंमा रहेको स्विस दुतावासले विहिवार एक विज्ञप्ती जारी गर्दै कमिशन बार्गेनिङ टेलिफोन सम्बाद गरेका मिश्र आफ्नो एजेण्ट नभएको स्पष्ट पारेको हो ।

विहिवार नेपालका विभिन्न मिडियामा स्वीसको नाम समेत जोडिएर आएको आएको थियो । त्यस समाचारप्रति आफुरुको ध्यानाकर्षण भएको भन्दै बक्तब्य मार्फत प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा स्विस दुतावासको कुनैपनि संलग्नता नभएको र मिश्र कुनै पनि स्विस कम्पनीको एजेण्ट नभएको स्पष्ट पारेको हो ।

बक्तब्यमा भनिएको छ, “नेपालले २७ अर्ब बढि खर्चिएर किन्न लागेको भनिएको प्रिन्टिङ प्रेससम्बन्धी कुनै पनि छलफलमा दूतावासको संलग्नता छैन । प्रिन्टिङ प्रेस खरिदसम्बन्धमा हामीसँग कुनै पनि छलफल भएकै छैनु । विजय प्रकाश मिश्र स्विस कम्पनीका एजेण्ट पनि होइनन्।” दूतावासले सेक्युरिटी प्रिन्टिङबारे यसअघि कुनै छलफल नभएको जनाउँदै आगामी दिनमा पनि यसबारे छलफल हुने कुनै सम्भावना नरहेको समेत जनाएको छ।

कमिशन माग गरेको विषयमा विहिबार देशका विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएपछि प्रधानमन्त्री केपि शर्मा वलीको निर्देशनमा सञ्चार तथा सूचना प्रबिधि मन्त्रि गोकुल बास्कोटाले राजिनामा दिईसकेका छन् । मन्त्रि बासकोटाले राजिनामा दिईसकेपनि हिजै बसेको लेखा समितिको बैठकले विज्ञ भनिएका मिश्रका बारेमा समेत आवश्यक अनुसन्धान एवम् कार्वाही गर्न निर्देशन दिएको छ ।

स्विस दुतावासको बक्तब्य