नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

खिजीदेम्वा समृद्ध अभियान ः युवाहरुलाई स्वरोजगार तालिम

ओखलढुङ्गान्युज, माघ २० ओखलढुङ्गा । एक महिनामा खिजिदेम्बा गाउँपालिकाले करीब १ सय जना दक्ष जनशक्ति तयार गरेको छ । खिजिदेम्बामा समृद्ध बनाउने अभियान अन्तर्गत सञ्चालनमा रहेको बेरोजगार युवाहरुलाई स्वरोजगार मूलक तालिम मार्फत दक्ष जनशक्ति तयार गरेको हो । पालिकामा गत मंसिर अन्तिम सातादेखि सुरु भएको स्वरोजगार मुलक तालिमको  शुक्रबार एक औपचारीक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।

आर्थिक वर्ष २०७६।७७ को वार्षिक बजेट तथा कार्यक्रम मार्फत विनियोजन भएको बजेटवाट युवाहरुलाई स्वरोजगार बनाउने तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत सञ्चालन गरेको निःशुल्क तालिममा झण्डै १ सय जनाले तालिम लिएका छन् । तालिममा हलुका सवारी चालक ४० जना, ईलेक्ट्रीसियन २० जना र होम स्टे तर्फ ३६ जना सहभागी भएका थिए । अन्य तालिम भन्दा होम स्टे सञ्चालन तालिममा महिलाहरुले उत्साह पूर्वक सहभागिता जनाएको पालिकाले जनाएको छ ।

गाउँपालिकाका वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गरि नागरिकहरुको मागको आधारमा तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिनुभयो । आफूले लिएको शिपलाई तालिमका सहभागिहरुले व्यबहारमा कार्यान्वयन गर्न तालिमका सहभागिहरुलाई अनुरोध समेत गर्नुभयो । पालिकामा रहेका बेरोजगार, अदक्ष युवा जनशक्तिलाई दक्ष जनशक्ति बनाई उनीहरुको आयआर्जनका साथै समृद्ध खिजिदेम्बा अभियानमा टेवा पु¥याउने उद्धेश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष रोकाको बताउनुभयो ।

अध्यक्ष रोकाका अनुसार यहि आर्थिक वर्ष २०७६÷७७ मा नै सिलाई कटाई, ढाका बुनाई, व्यूटि पार्लर, कम्प्यूटरमा ग्राफिक डिजाइन लगायतका तालिम सञ्चालन गरिने छ । यस्ता स्वरोजगार मूलक तालिमहरुलाई गाउँपालिकाले निरन्तरता दिने खिजिदेम्बा गाउँपालिकाले जनाएको छ ।