नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

ओखलढुङ्गामा चोरी, चोरीमा संलग्न भएको आरोपमा पाँच पक्राउ

ओखलढुङ्गान्युज, पौष १७ ओखलढुङ्गा । ओखलढुङ्गामा वडा कार्यालय सहित घर तथा पसल चोरीमा संलग्न भएको आसंकामा ओखलढुङ्गा प्रहरीले पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दुईजना भारतिय नागरिक र तिन जना स्थानीय युवाहरु रहेका छन् । दुईजना भारतिय नागरिकलाई सदरमुकाम स्थित रमाईलोडाँडाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सामान्य अनुसन्धान पश्चात तारेखमा रिहा गरिएको छ ।

ओखलढुङ्गामा गत शोमबार राती सिद्धिचरण नगरपालिका वडा नं. ३ अधेरीनारायणस्थानमा वडा कार्यालय सहित ९ ओटा घर तथा पसलहरुमा रहेको नगद तथा गरगहना चोरी भएको थियो । सदरमुकाम नजिकै भएको यो घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सामान्य अनुसन्धान पश्चात छाडिएको भएपनि उनीहरुको बारेमा प्रहरीले थप केही बताएको छैन ।

दिउँसोको समयमा दुई जना भारतीय नागरिकहरु तन्ना बेच्ने बहानामा भारतीय मोटरसाईकल प्रयोग गरी आएको र बेलुकीपख चोरी भएपछि स्थानीयले उनीहरुकै संलग्नता हुनसक्ने आंशका ब्यक्त गरेका छन् । त्यसै अनुरुप प्रहरीले पनि अनुसन्धानलाई अगाडी बढाएको छ । वडा कार्यालय भवनको ढोकाको ताल्चा फोडेर भित्र रहेको काउन्टरको सिसा फुटाई नगद चोरी भएको नगरपालिकाको ३ नम्बर वडा कार्यालयले जनाएको छ ।

नारायणस्थानका स्थानीय व्यापारी शमशेर राईको पसलबाट एक लाख रुपैयाँ चोरी भएको राईले बताए । वडामा रहेका अन्य पसलहरुबाट भने ८ देखि १० हजार रुपैयाँ सम्म चोरी भएको स्थानीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् । वडा कार्यलय र स्थानीय सहितको लगभग २ लाख पचार हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।