नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

आज प्रदेश नं. १ मा सार्वजनिक विदा

ओखलढुङ्गान्युज, मंसिर २६ ओखलढुङ्गा ।  आज सार्वजनिक विदा हो कि होईन भन्ने प्रश्न सबैको मनमा उब्जेको छ । पछिल्लो जानकारी अनुसार आज सार्वजनिक विदा हो । तर यस अघि भनिएजस्तो देशभर भने सार्वजनिक विदा दिइएको छैन ।

नेपाल सरकारले नेवार र किराँती समुदायलाई बिहीबार (आज) बिदा दिएको जानकारी दिएको छ । आज पर्न गएको योमरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

तर सरकारले सार्वजनिक बिदा घोषणा भने गरेको छैन । सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले स्पष्ट पार्नुभयो । क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको हो ।

तर प्रदेश नं. १ मा भने आज विहिवार सार्वजनिक विदा रहेको छ । सार्वजनिक बिदा सम्बन्धी प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी यो पर्वमा सार्वजनिक बिदा दिने उल्लेख गरेको छ ।