नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रदेश स्तरिय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट खोटाङका पत्रकार राई पुरस्कृत

ओखलढुङ्गान्युज, मंसिर २५ विराटनगर । मानव अधिकार पत्रकारिता पुरस्कार २०७६ वाट खोटाङका पत्रकार दमन राई पुरस्कृत हुनुभएको छ । प्रदेश १ स्तरीय छैठौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार राई पुरस्कृत हुनुभएको हो । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको उक्त पुरस्कार मंगलबार एक औपचारिक कार्यक्रमका बिच राईलाई प्रदान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रत्येक वर्ष प्रदेश स्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार प्रदान गरिदै आएको छ । उक्त पुरस्कारको मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ । पुरस्कारको राशी नगद रु १० हजारका साथै सम्मानपत्र रहेको छ ।

नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष रहनुभएका राई नागरिक दैनिक पत्रिकासग समेत आबद्ध हुनुहुन्छ । खोटाङमा रहेर मानवअधिकारका क्षेत्रमा समेत कमल चलाउँदै आएको भन्दै राईलाई मंगलवार पुरस्कृत गरिएको हो । ७१ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार राईलाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले पुरस्कार वापतको नगद सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।