नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गामा सुमो दुर्घटना, ६ घाइते २ को अबस्था गम्भीर

वि एन श्रेष्ठ, मंसिर २४ ओखलढुङ्गा । ओखलढुङ्गामा आज सवारी साधन दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । घाइते मध्ये खेम बहादुर कटवालको अबस्था गम्भिर रहेको सामुदायिक अस्पताल प्रशासनले छ ।

सोलुखुम्बु जिल्लाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ६४१२ नम्बरको सुमो ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ६ को ठाडे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँ पालिका वडा नंवर ९ का दिवसन राई, थुलुङ गाउँ पालिका वडा नम्बर ९ का मणीकला राई, महाकुलुङ गाउँ पालिकाका हरिकुमार राई र ज्योति राई, झापाका खेम कटवाल र सुमो चालक बालगोपाल थामी रहेका छन् ।

दुर्घटनामा परि घाइते भएकाहरुको उद्दार गरि उपचारका लागि ओखलढुङ्गाको सामुदायिक अस्पताल सोब्रुमा ल्याइएको छ । घाइते मध्ये कटवालको गम्भीर अवस्था रहेकोले थप उपचारका लागि अस्पतालले काठमाडौँ रिफर गरेको छ । अरु सामान्य घाइते भएकाहरुको भने स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि घर फर्केका छन् ।

गम्भीर घाइते कटवाललाई काठमाडौँ पठाउन यो समाचार तयार गर्दै गर्दा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा हेलिकप्टर झिकाइएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको तथा घटना बारर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।