नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

नातिनी बलात्कार आरोपमा मोलुङका एक वृद्ध पक्राउ

ओखलढुङ्गान्युज, मंसिर १६ ओखलढुङ्गा । ओखलढुङ्गामा नातिनीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोलुङ गाउँ पालिका वडा २ का एक बृद्ध रहेका छन् । नाताले नजिककी नातिनि पर्ने एक १५ वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केही दिन अगाडी बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई गाउँबाटै पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको अविभावकले दिएको जाहेरीमा उल्लेख गरिएको छ । वर्षातको सिजनमा घरमा कोही नभएको मौका पारी वृद्धले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

बलात्कृत बालिका गर्भवती भएपछि हजुरबुबाले नै बलात्कार गरेको रहस्य बाहिरिएको हो । बालिकाको पेट अस्वभाविक रुपले बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका भर्गवती भएको खुलेसंगै वृद्धले बलात्कार गरेको घटना सार्वजानिक भएको हो । बालिकालाई सोधपुछका क्रममा हजुरबुबाले यस्तो गरेको भन्ने बताए पछि अबिभावकले प्रहरीमा जाहेरी दरखास्त दिएका थिए ।

बालिका सुस्त मनस्थिती र कम उमेरकी भएको जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ । बालिका कम उमेरकी रहेकोले स्वास्थ्यमा समस्या सृजना हुन सक्ने भन्दै गर्भपतनका प्रशुती गृह काठमाडौं रेफर गरिएको पनि जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ । बालिका हाल जिल्ला स्थित एक सुरक्षित आवास गृहको संरक्षणमा छिन् ।