नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गामा साझा सभा,  बेरुजु कम गर्ने स्थानीय सरकार प्रमुखहरुको प्रतिवद्धता

ओखलढुङ्गान्युज, कात्तिक २९ ओखलढुङ्गा । ओखलढुङ्गामा साझासभा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक सुशासन र मानसिक स्वास्थ्यमा हाम्रो भुमिका विषयक साझा सभा १ कार्यक्रम बुधबार सम्पन्न भएको छ । साझा सभा कार्यक्रममा सहभागी भएका ओखलढुङ्गाका स्थानीय तहका जनप्रतिनिधीहरुले बेरुजु न्यूनिकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागीभएका नागरिकहरुले पछिल्लो समय सञ्चारमाध्यमहरुमा जिल्लाका स्थानीय तहहरुको बेरुजुको बारेमा समाचार आईरहदा पनि त्यसको नियन्त्रण तथा कमगर्न तर्फ स्थानीय सरकार नलागेको सहभागीहरुले बताएका थिए । कार्यक्रमका सहभागीहरुले स्थानीय तहको बेरुजुका समाचार सार्बजनिक भैरहदा अनियमितता पनि त्यतिकै मात्रामा भैरहेको भन्दै जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सहभागीहरुको प्रश्नलाई सम्बोधन गर्दै स्थानीय सरकारका प्रमुखहरुले बेरुजु घटाएर आर्थिक अनुशासन पालना गराउन लागिपर्ने प्रतिवद्धता जनाएका हुन् । निर्वाचन भएको पहिलो वर्ष पालिकाहरुको विभिन्न नीति, कानून तथा कार्यबिधीको बारेमा लामो समय सम्म छलफल गर्नुपर्दा तथा केही प्राबिधीक त्रुटी हुदा मलेपको प्रतिवेदनमा बेरुजुको मात्रा बढि देखिएको बताएका थिए ।

ओखलढुङ्गाका ८ वटै स्थानीय तहको आर्थिक वर्ष २०७३–०७४ मा ६ करोड ७० लाख १९ हजार बेरुजु थियो । पछिल्लो आर्थिक वर्ष २०७४–०७५ मा त्यो संख्या बढेर ३७ करोड ९९ लाख ४८ हजार पुगेको थियो । साझा सभा कार्यक्रममा प्रस्तुत गरिएको बेरुजुको तथ्यांकका बारेमा आफुहरु गम्भिर भएको भन्दै आगामी दिनहरुमा ओखलढुङ्गाको बेरुजुलाई कमगरि योजना निर्माण गरि कार्यान्वयन गर्ने स्थानीय तहका प्रमुखहरुले प्रतिबद्धता जनाएका हुन् । साझा सभामा स्थानीय सरकारले सञ्चालन गर्ने कार्यक्रममा नितिगत समस्याका कारण बेरुजु बढेकोले त्यो सुल्झाएर बेरुजु घटाउन लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

साझा सभा कार्यक्रममा संघिय प्रतिनीधी सभाका माननिय सांसद यज्ञराज सुनुवार, प्रदेश नं. १ अर्थ समितिका सभापति एवम् प्रदेश नं. १ ओखलढुङ्गा ख का माननिय सांसद मोहन कुमार खड्का, जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ, जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको समेत जवाफदेही वक्ताको रुपमा सहभागीता रहेको थियो । जनप्रतिनिधिहरुले मानसिक समस्या विकराल बनेकाले जिल्लामा आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको भन्दै उक्त समस्याको समाधानका लागि समेत स्थानीय सरकारहरुले आवश्यक योजना निर्माण गरि समस्याको समाधानका लागि समेत पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

USAID र Fhi360 को वित्तिय सहयोगमा सोच नेपाल र ईन्सेकको समन्वयमा जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाको आयोजनामा साझा सभा कार्यक्रम सम्पन्न भएको हो ।