नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अपांगता भएका छात्र छात्रालाई सिद्धिचरण नगरपालिकाको शैक्षिक सामाग्री सहयोग

ओखलढुङ्गान्युज असार ४ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिकाले नगरपालिका भित्र रहेको सामुदायीक विद्यालयका अपाङ्ग छात्र–छात्रालाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

समुदाय पुनःस्थापना कार्यक्रम अन्तर्गत सिद्धिचरण नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययरत २३ जना छात्र छात्राहरुलाई झोलाका साथै अन्य शैक्षिक सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ । अपाङ्गता भएका छात्र–छात्राहरुको शिक्षा आर्जनमा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको सिद्धिचरण नगरपालिका महिला तथा बालवालिका शाखा अधिकृत सरिता तामाङले जानकारी  दिनुभयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको दक्षता र क्षमता विकास गरि मनोबल बढाउने गरि काम गर्ने सिद्धिचरण नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा समेत अपांगता भएका ब्यक्तिहरुलाई समेट्ने गरि बजेट विनियोजन गर्ने नगरपालिकाले तयारी समेत थालेको छ ।

त्यस्तै नगरपालिका भित्र रहेका अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरी वर्ग छुट्याएर आवश्यकताका आधारमा सहयोगको कार्यक्रमका लागि योजना तयार गर्ने नगरपालिका उपप्रमुख ईच्छा कुमारी गुरुङले बताउनुभयो । पहिला महिला तथा वालबालिका कार्यालय भएको समयमा संकलन गरेको तथ्यांकलाई हाल नगरपालिकाको तर्फवाट अध्याबधिक गर्ने कार्य भैरहेको भन्दै उपप्रमुख गुरुङले त्यो काम सम्पन्न भएपश्चात आवश्यक योजना तयार गर्ने बताउनुभयो । 

अपाङ्गता परिचय पत्र सिफारिस समन्वय समिति संयोजक एवं नगर उपप्रमुख इच्छाकुमारी गुरुङको अध्यक्षता र नगर प्रमुख मोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपाङगता भएका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको शाखा प्रमुख तामाङको जानकारी दिनुभयो ।