नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नेकपाको सिद्धिचरण नगर कमिटीको सपथ ग्रहण सम्पन्न

ओखलढुङ्गान्युज, जेठ २५ ओखलढुङ्गा । नेकपा ओखलढुङ्गाको नगर कमिटिको सपथ ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य यज्ञराज सुुनुवार, पूर्व एमालेका जिल्ला अध्यक्ष एवम् नेकपा ओखलढुङ्गाका सचिव मोहन कुमार श्रेष्ठ, नगर ईञ्चार्ज गुणकुमार राई तथा नगर कमिटिका अध्यक्ष मेख बहादुर खड्काको उपस्थितीमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवम् संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले नेकपा एमाले र नेकपा माओवादी विचको एकता पश्चात स्थानीय तहमा नेकपाको पक्षमा जनलहर बढेको बताउनुभयो । एकताले सबै नेकपाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुमा उत्साह प्रदान गरेको भन्दै यही उत्साहलाई कायम राख्न र नागरिकहरुको पक्षमा काम गर्न सबैलाई अनुरोध समेत गर्नुभयो ।

केही समय अगाडी नेकपाको जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेसगै नेकपा ओखलढुङ्गाले स्थानीय कमिटिका पदाधिकारीहरुको सपथ ग्रहणको कामलाई तिब्रता दिएको छ । गत जेठ १२ गते भएको जिल्ला कमिटिको सपथ ग्रहण पश्चात १५ दिनभित्र जिल्लाका सबै पालिका स्तरिय कमिटिको एकता र सपथ ग्रहणकोका कार्यक्रम सकिसक्ने नेकपाले निर्णय गरेको थियो । सपथ ग्रहण कार्यक्रम सगै स्थानीय तह पालिका, वडा तथा टोल स्तरीय सम्मको संगठन विस्तार र सुदृढिकरण अभियान सञ्चालन समेत सुरु गरेको नेकपा ओखलढुङ्गाले जनाएको छ ।