नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सिद्धिचरण नगरपालिकाले दियो कृषकलाई हाते ट्याक्टर

सरस्वती वानिया, बैशाख २९, ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कृषक समुहलाई हाते ट्क्याटर वितरण  गरेको छ । पछिल्ला दिनमा कृषकहरुले गोरु पाल्न छाडेका छन् । घरमा गोरु नहुँदा समयमा खेती लगाउन समस्या भैरहेको अवस्थालाई मध्य नजर गर्दै किसानहरुलाई खेतीगर्न सहज होस भन्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको सिद्धिचरण नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

सिद्धिचरण नगरपालिका अन्तर्गत कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानमा नगरपालिकाका विभिन्न कृषक समुह, कृषि सहकारी, अगुवा कृषक लाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि जोत्ने हाते ट्याक्टर वितरण गरेको हो । नगरपालिका भित्रका विभिन्न ११ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाको कृषि शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ट्याक्टर खरिदमा ७ लाख ६५ हजार खर्च गरेको जनाएको छ । त्यस्तै कृषि क्षेत्रमा काम गरिरहेको संस्था हेल्भेटासको  सहयोगमा १३ वटा फ्रुट स्प्रे र माटो ड्रिलिङ मेसिन वितरण गरिएको नगरपालिका कृषि विकास शाखाले जनाएको छ । उक्त सामानहरु १० वटा हेल्भेटासको  खर्चमा र ३  वटा  नगरपालिकाको खर्चमा खरिद गरिएको पनि नगरपालिका कृषि शाखाले जनाएको छ ।