नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

गैसस महासंघ ओखलढुङ्गाको अध्यक्षमा बस्नेत

ओखलढुङ्गान्युज, बैशाख २८ ओखलढुङ्गा ।  गैर सरकारी संस्था महासंघ ओखलढुङ्गाको अध्यक्षमा मानबहादुर बस्नेत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट कोशिश नेपालका अध्यक्ष समेत रहेका बस्नेत महासंघ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका अर्का उमेद्वार बिजय बस्नेतलाई ५ मतले हराउँदै मानबहादुर अध्यक्षमा निर्वाचित भएका हन् । १५ जना सदस्यहरुका बिचमा अध्यक्ष पदका लागि भएको मतदानमा मानबहादुर बस्नेतले १० र बिजय बस्नेतले ५ मत ल्याएका थिए । कार्य समितिका अन्य सदस्यहरुका लागि भने सर्बसम्मत रुपमा टुङ्गो लागेको हो ।

महासंघको उपाध्यक्षमा भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपाने, महासंघको सचिवमा लिलाबहादुर सुनुवार, कोषाध्यक्षमा पुष्प राई, सहसचिवमा मुना श्रेष्ठ निर्वाचित भएका हुन् । त्यस्तै गरि सदस्यहरुमा विजय बस्नेत, दिर्ग बहादुर खत्री, टेकबहादुर खड्का, वसन्त कट्वाल, सञ्जय खत्री, देबकुमार दाहाल, मिरा दाहाल, अमता राई, अविनन्दन गुरुङ र लालकुमारी धमला निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रलाई प्रदेश नं. १ का माननिय सांसद अम्मिरबाबु गुरुङ, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठ, उपप्रमुख इच्छाकुमारी गुरुङ, नेकपाका जिल्ला नेता नेत्रप्रसाद भट्टराई, नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवार सहितका सरोकारवालाले सम्बोधन गरेका थिए ।