नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

सुनकोसीमा सुरक्षा गार्ड सम्बन्धि चारहप्ते तालिम सुरु

ओखलढुङ्गान्युज, बैशाख ४ मूलखर्क । जिल्लाको सुनकोसी गाउँपालिकाको मूलखर्कमा बैशाख ३ गतेवाट सुरक्षा गार्ड सम्बन्धि चारहप्ते (१ सय ६० घण्टे) तालिम सुरु भएको छ । सुनकोसी गाउँपालिकाका युवाहरुलाई लक्षित गरि उनीहरुलाई रोजगारको अवसर सृजना गराउने उद्देश्यलका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

शैक्षिक प्रमाणपत्र बोकेका तर शिप नभएर नै रोजगार पाउनवाट बञ्चित भएकाहरुलाई रोजगार पाउन सजिलो होस भनेर तालिमको आयोजना गरिएको तालिम उद्घाटनसत्रका प्रमुख अतिथि सुनकोसी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले बताउनुभयो । तालिम लिएका र सेक्युरिटी गार्डमा काम गर्न चाहनेहरुलाई रोजगारीको अवसर प्रदान गरिने ब्रिटिस सेक्युरिटी सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक भोज कुमार श्रेष्ठले बताउनुभयो ।

प्रदेश नं. १ सरकारको सामाजिक विकास मन्त्रालय र व्यबसायीक तथा सिप विकास तालिम केन्द्र ओखलढुङ्गाको वित्तिय सहयोगमा ब्रिटिस सेक्युरिटी सर्भिस प्रा.लि. को आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा सहभागी भएकाहरुलाई प्रमाणपत्र प्रदान गरिने र तालिममा उत्कृष्ट केहीलाई तत्कालै रोजगारीको ग्यारेन्टी समेत गरिएको छ ।

सुरक्षा गार्ड सम्बन्धि सिप विकास तालिममा सुनकोसी गाउँपालिकाका सबै वडाका गरि ३ जना महिला सहित ४१ जना युवाहरुको सहभागीता रहेको छ । तालिमको उद्घाटनमा सहभागीहरुलाई तालिममा सिप मेहनत पूर्वक सिक्नका लागि अतिथिहरुले अनुरोध गरेका थिए ।

उद्घाटनसत्रलाई प्रमुख अतिथि गोविन्दराम तामाङसँगै सुनकोसी गाउपालिका वडा अध्यक्ष द्वय गुणराज भट्टराई, झनक कार्की, व्यबसायीक तथा सिप विकास तालिम केन्द्र ओखलढुङ्गाका प्रमुख भविन्द्र खत्री, पूर्व गाविस अध्इक्ष पञ्च बहादुर तामाङ, निमित्त प्रमुख प्रशासकिय अधिकृत विवेक कुमार तामाङ लगायतले सम्बोधन गर्नु भएको थियो ।