नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

आईतवारको हावाहुण्डरीको वितण्डा, ३१ को ज्यान गयो, ५ सय वढि घाईते

ओखलढुङ्गान्युज, चैत १८ काठमाण्डौं । आईतवारको हावाहुण्डरीको कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । पछिल्लो पटकको जानकारी अनुसार मृत्युहुनेमा सबै बारा जिल्ला र पर्सा जिल्लाका रहेका छन् । मृत्यु भएका तथा घाईते भएकाहरुको उद्धारकार्य जारी रहेको बाराका प्रहरी नायव उपरिक्षक होम बहादुर शाहीले बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक शाहीका अनुसार मृतकको सनाखत हुन भने बाकी रहेको छ। रातिदेखि नै घाइतेको उद्दार जारी भए पनि अस्पतालमा प्राप्त बेडहरू पर्याप्त नहुँदा समस्या भएको छ । अस्पतालको भित्री तथा बाहिरी भुईहरुमा समेत राखी विरामीहरुको अहिले उपचार भैरहेको छ ।

ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा धेरुै क्षति भएकाले त्यस्ता स्थानहरुमा धेरै अरुपनि पुरिएको हुनसक्ने शाहीले बताउनुभयो । बारामा ४०० भन्दा बढी घाइते रहेको बताइएको । उद्दार कार्यमा स्थानीय नागरिहरुसगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ। 

पर्साका विभिन्न स्थानहरुमा पनि १ सय ५० भन्दा बढि घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण आपतमा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

आईतवार राति आएको हावाहुरीको वितण्डाका कारण भएको क्षति र उद्धारकार्यको बारेमा आवश्यक छलफल र निर्णय गर्न शोमवार विहान प्रदेश नं. २ सरकारको आकस्मीक बैठक बसेको छ । आकस्मीक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकका परिवारलाई तत्कालीन रुपमा  तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने निर्णय गरेको छ। घाईतेहरुको उपचारको क्रममा अन्य थपको पनि मृत्यु भएकोले मृतकको संख्या बढ्ने बताईएको छ ।  सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्।