नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुंगा रुम्जाटर सडकखण्डका संरचनाहरु धमाधम भत्काईदै ।

ओखलढुङ्गान्युज, चैत ६ ओखलढुङ्गा । ओखलढुङ्गा रुम्जाटार सडकखण्डमा पर्ने छेउछाउका घरहरु धमाधम भत्काउन थालिएको छ । सडकखण्डको दायाँवायाँ ५ मिटर क्षेत्रभित्रपर्ने छेउछाउमा अस्थाई रुपमा बनेका घरटहराहरु धमाधम भत्काउन थालिएको हो ।

जिल्ला सदरमुकाम रमाईलोडाँडाको जिरो पोईन्टबाट अस्थाई संरचनाहरु भत्काउन सुरु गरिएको छ । सडक विस्तारका लागि समस्या वनिरहेको टहराहरु भत्काईएपछि रुम्जाटर सडकखण्डको  काम समेत द्रुत गतिमा अगाडी बढ्ने आयोजनाका प्रमुख युवराज खरेलले बताउनुभयो ।

केही समय अगाडी स्थानीय सञ्चारमाध्यमहरुले सडक छेउछाउका मुआब्जा लिईसकेका घरटहराहरु नहटाईएको तथा कालोपत्रे गर्नेकाम सुस्त गतिमा अघि बढेको समाचारहरु प्रकाशित गरेका थिए । त्यसपश्चात प्रमुख जिल्ला अधिकारी सहितको टोलीबिचको छलफल पछि सडक निमार्णका क्रममा बाधाँ पु¥याएका घरटहराहरु तत्काल भत्काउन निर्देशन दिएपछि काम अघि बढेको हो ।

सडक निमार्णका क्रममा स्थानियलाई घर तथा टहरोको मुआब्जा समेत बितरण गरिसकेपछि पनि स्थानियहरुले घर टहरा भत्काउन आनाकानी गरिरहेका थिए । स्थानीयको यो अटेरपछि कार्यालयवाट केहीदिन अघि पाँच दिने सुचना जारी गरिएको थियो । सोही अनुसार सडकबाट पाँच पाँच मिटर भित्रका घरटहरा भत्काउन थालिएको आयोजना प्रमुख खरेलको भनाई छ ।

सडक छेवैमा बिभिन्न टुक्रे साना पसल तथा ब्यवसाय सञ्चाल गर्दै आएका स्थानिय व्यबसायीहरुले भने दुख व्यक्त गरेका छन् । उनिहरुले गरीखाने टहरो समेत सडक आयोजनाले कटाएपछि दुख लागेको बताएका छन् । स्थानिय तेज बहादुर सुबेदीले सडक आयोजनाले संरचना भत्कापछी दुख लागेको बताउदै सडकको स्तरउन्नती काम समयैमा सकिने तर्फ भने आशा पलाएको बताउनुभयो ।

भुकम्पपछिको कार्यक्रम अन्तरगत राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालय मार्फत कालोपत्रेको काम भैरहेको ओखलढुङ्गा रुम्जाटार सडकखण्ड ११ किलोमिटर छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थान तथा स्थानिय पूर्वाधार कार्यालयका अनुसार सडकखण्डको पाँच मिटर भित्रपर्ने घरटहराहरु सदरमुकामको रमाईलोडाँडाबाट (रमाइलोडाँडा देखी रुम्जाटार सम्म) भत्काउन सुरु गरिएको हो ।