नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

स्थानीय तहको निती निर्माणकालागि नागरिक समाज सञ्जालले पैरवी गर्ने

 

ओखलढुङ्गान्युज, चैत २, ओखलढुङ्गा । स्थानीय तहले निर्माण गर्दै गरेको कानून तथा कार्यविधी निर्माणमा सहयोगका लागि जिल्लाका नागरिक समाज सञ्जालले पैरवी गर्ने भएको छ । जिल्ला स्तरिय नागरिक समाज संस्था सञ्जालका प्रमुख एवम् गैर सरकारी संस्था महासंघ ओखलढुङ्गाका अध्यक्ष सचना श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले यस्तो निर्णय गरेको हो ।

छलफलमा सहभागीहरुले स्थानीय तहसम्म नागरिक समाजका संस्थाहरु तथा गैर सरकारी संघसंस्थाहरुको उपस्थिती एवम् कृयाशिलतामा कमी आएको बताएका थिए । शनिवार हेल्भेटास अपिसको सभाहलमा सम्पन्न भएको बैठकमा सहभागीहरुले यस्तो बताएका थिए । आगामी दिनहरुमा त्यस्तो कमी महसुस हुन नदिने गरि कृयाशिलता बढाउनुपर्नेमा सहभागीहरुको जोड रहेको थियो ।

बैठकले स्थानीय तहले विभिन्न ऐन, कानुन तथा कार्यबिधीहरु निर्माण गर्दै गरेको र स्थानीय नागरिकहरु सग चाही कानून तथा कार्यबिधीको निर्माणको क्रममा छलफल नभएको बताएका थिए । स्थानीय सरोकाकारवाला नागरिकहरुसग छलफल कमी रहेकोले कृयाशिल संस्थाहरुले ति कानून तथा कार्यबिधीलाई समेत सहयोग पुर्याई नागरिकहरुको समेत सहभागिता जनाउनका लागि केही स्थानीय तहहरुमा स्थलगत छलफल गरि सम्बन्धित गाउँपालिकामा सुझाव समेत पेश गर्ने निर्णय भएको सञ्जालकी अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तैगरि संघिय संरचना कार्यान्वयन हुनुभन्दा अगाडी सम्म स्थानीय वडाहरुले विकास निर्माण लगायतका क्षेत्रमा कहाँ, के कती कसरी काम सम्पन्न भयो र खर्च भयो भन्ने बारेमा विभिन्न माध्यमा मार्फत सार्वजनिक गर्ने गरेकोमा पछिल्ला दिनहरुमा कमी आएको छ । नागरिकका अपेक्षाहरु पनि बढ्दै गएको अवस्थामा नागरिकहरुले स्थानीय जनप्रतिनिधीहरु प्रति अविश्वास गर्नेक्रम बढेको छ । त्यसैले जिम्मेवार निकाय र नागरिकहरुप्रति विश्वास कायम गर्न, नागरिकहरुप्रति जवाफदेही एवम् जिम्मेवार बनाउनका लागि जिल्ला स्तरीय साझा सभाका लागि सहभागीहरुले पहल गर्नेपनि बताएका छन् ।

त्यस्तै भूकम्प पश्चातको पुननिर्माणका विषयमा पनि सम्बन्धित निकायका तर्फवाट नियमित अवलोकन तथा अनुगमन नहुदा व्यक्तिगत आवास तथा सरकारी योजनाहरुको पुननिर्माणको कार्यमा पनि समस्या भएकोले त्यस्ता कार्यक्रमहरुमा पनि अवलोकन एवम् अनुगमनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय भएको गरेको ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक भलामान विकले जानकारी दिनुभयो ।

कार्यक्रमको सोच नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक विएन श्रेष्ठ र ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक भलामान विकले सहजीकरण गरेका थिए । नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालले गोरखा, काठमाण्डौं र ओखलढुङ्गामा स्थानीय तह सम्म ऐन, नियम, कार्यबिधीको निर्माणका साथै सेवाप्रदायक निकाय, सञ्चारजगत र नागरिकहरुलाई शुशासन कायम गराउन तथा पारस्पारिक जवाफदेहि वनाउन कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले पनि शुशासन कायम गराउने सगै पुननिर्माणको कार्यलाई तिब्रता दिलाउन ओखलढुङ्गामा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।