नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

स्वास्थ्य चौकीका अहेवलाई कार्वाही गर्न स्थानीयको माग

ओखलढुङ्गान्युज, चैत्र २, च्यानम । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ७ मा रहेको स्थानीय स्वास्थ्य चौकीका अहेवले अनियमिता गरेको भन्दै स्थानीयले कार्बाहीको माग गरेका छन् । वडावासीहरुले अहेवलाई तत्काल कार्बाही गरि सरुवा गरि अन्यत्रै पठाउनका लागि हस्ताक्षर संकलन समेत गरेर वडा कार्यालयमा शुक्रबार निवेदन दर्ता गरेका छन् ।

च्यानमका १ सय ६८ जनाको हस्ताक्षर संकलन गर्दै वडा कार्यालयमा निवेदन दर्ता गराईएको हो । निवेदनमा  सुनकोशी गाउँपालिका ७ च्यानम स्थित च्यानम स्वास्थ्य चौकीका अहेव मोहन बानिँयालाई सरुवा गर्न माग गरिएको छ । अहेव बानिँयाले सेवा लिन जाने सर्वसाधारणलाई गालीगलौज गर्ने गरेको, सरकारी स्तरबाट निशुल्क रुपमा पाईने स्वास्थ्य चौकीको औषधीहरु बेचबिखन गरेको स्थानियले आरोप लगाएका छन् ।

तर अहेव बानियाँले भने स्थानियले झुटो आरोप लगाएको बताएका छन् । उनले कार्यालय प्रमुख सुबोध यादवसंग आफ्नो सामान्य बिबाद भएकाले उनकै पक्षमा स्थानिय उत्रेको समेत आरोप लगाए । अहेव बानिँयाले केही समय अघि सम्म आफ्नो कोठाबाट औषधी बेचेको बताउदै स्थानियको दबावमा अहिले भने पुर्ण रुपमा छाडिसकेको बताए । तर बेचेको औषधी स्वास्थ्य चौकीवाट निशुल्क नै पाईने हो वा अन्यत्रवाट ल्याएर बेचेको हो भन्ने बारेमा भने केही खुलाएनन् । अहेव बानियाले स्थानियको आरोपलाई सत्य तथ्य रुपमा छानबिन हुनुपर्ने र छानबिन पछी आफु दोशी ठहरिएमा कारबाही भोग्न समेत तयार हुने बताए ।

उजुरीका बिषयमा वडा अध्यक्ष श्याम बहादुर कट्वालले स्वास्थ्य चौकीका प्रमुख, अहेव र स्थानियका बिच छलफल गर्ने बताएका छन् । उनले सर्वपक्षिय छलफल पछि अहेव दोषी पाईए कारबाही गर्ने समेत बताएका छन् । यता स्वास्थ्य चौकी प्रमुख सुबोध यादबले अहेव बानियाँको कार्यशैली चित्तबुज्दो नभएको बताउदै अहेव बानियाँले यसअघि कोठाबाट औषधी बेच्ने गरेको पाईएको बताए । स्वास्थ्य चौकी प्रमुख यादवले बानियाले लगाएको आरोप जस्तो अहेव बानियाँसंग कुनै किसीमको दुस्मनी नरहेको समेत बताएका छन् ।

हस्ताक्षर