नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा रमेश निर्वाचित

ओखलढुङ्गान्यजु, फागुन २९, नर्मदेश्वर भिमसेन स्थान माद्यमिक विद्यालयको अविभावक भेला सम्पन्न भएको शोमवार भएको अविभावक भेलाले विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा रमेश मगरलाई निर्वाचित गरेको त्यस्तै समितिका अन्य सदस्यहरुमा शीव कुमार जोगी, शोभादेवी श्रेष्ठ, बालकुमारी नेपाली निर्वाचित भएका छन्

लामो समय देखी अवरुद्ध रहेको अभिभावक भेला शोमवार भएको थियो भेलाले सर्बसम्मत रुपमा नै नयाँ विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीको टुङ्गो लगाउन प्रयास गरेपनि अन्तत निर्वाचन नै गर्नु परेको थियो बेलुका अबेर सम्पन्न निर्वाचनले मगरको नेतृत्वमा नयाँ विद्यालय व्यबस्थापन समितिको टुङ्गो लगाएको हो

२०७४ सालमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोमकृष्ण खड्काको असामयीक निधन भएपश्चात सदस्य हर्कमाया मगरले निमत्त अध्यक्ष भएर कारोवार हुदै आएको थियो अविभावक भेला नहुदा तथा विद्यालय व्यबस्थापन समितिले पूर्णता नपाउदा विद्यालयको सामाजिक परीक्षण हालसम्म हुन सकेको छैन

नयाँ समितिको अध्यक्ष पदमा निर्वाचित भए पश्चात अध्यक्ष मगरले विगतमा विद्यालयमा भै रहेका गलत गतिबिधीको अन्त्य गर्दै आफ्नो कार्यकालमा शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्षको कार्यभार सम्हाल्दै अध्यक्ष मगरले आफ्नो कार्यकालमा विद्यालयमा शिक्षक तथा विद्यार्थीको अनियमिततालाई नियमित गराउने, शैक्षिक गुणस्तरता बृद्धि गर्न पहल गर्ने, हाजिरी रजिष्टर लागू गर्ने, चाडै नै विद्यालयको सार्वजनिक परीक्षण सम्पन्न गराउने, अविभावक जम्मा गराई शिक्षक अविभावक संघको गठन गर्ने प्रतिबिद्धता जनाउनुभएको

विद्यालयका प्रधानाध्यापक श्रीराम श्रेष्ठले राजिनामा दिएपश्चात फागुन गते वाट विद्यालयको प्रधानाध्यापक पनि नयाँ चुनिएका छन् निवर्तमान प्रधानाध्यापक रेशम दाहालको कार्यकाल देखी नै विद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्दै अविभावकले आफ्ना बालबालिकालाई अर्को विद्यालयमा पठाउदा विद्यार्थी संख्या समेत घटेको शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै गाउँको विद्यालयवाट अध्ययनका लागि बाहिर गएका विद्यार्थीलाई पुन फर्काउन पनि आफुले पहल गर्ने  समेत अध्यक्ष थापाले प्रतिवद्धता जनाउनुभएको