नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुंगामा भिषण आगलागि, ११ घर जले, लाखौको क्षति

विवेश श्रेष्ठ, फागुन २८, ओखलढुंगा ओखलढुंगाको छुट्टाछुट्टै दुई स्थानमा भिषण आगलागी भएको ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नं. सिद्धिचरण नगरपालिकाको वडा नं. ठुलाछापमा आगलागी भएको हो आगलागीवाट लाखैको क्षति भएको अनुमान गरिएको

प्राप्त पछिल्लो जानकारी अनुसार आगलागीवाट सिद्धिचरण नगरपालिका ठुलाछापमा ११ ओटा घर गोठ जलेका छन् यो समाचार तयार पार्दा सम्म उक्त आगो नियन्त्रणका लागि जिल्ला सदरमुकाम देखी नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेको अहिले हुरी वतास चलेका कारण आगोलाई नियन्त्रणमा लिन समस्या भै रहेको घटनास्थलवाट राजकुमार कटवालले जानकारी दिएका छन्

आगोलाई नियन्त्रणमा लिनका लागि समस्या भएपछि नगरपालिकावाट दमकल पठाउनका लागि प्रयास भैरहेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो घटना स्थलमा राहत समाग्री लिएर सदरमुकामवाट नगरप्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा लगायतको टोली घटनास्थल तर्फ प्रस्थान गरेको ठुलाछापको घटनाको बारेमा थप विवरण भने आउन बाकी

त्यस्तै मोलुङ गाउँपालिकाको वडा नं. पात्लेको जंगलमा आईतवार देखी लागेको आगोलाई नियन्त्रणमा लिन नसक्दा अहिले आगलागीले भिषण रुप लिएको आगोले वडा नं. को अधिकांस बन जंगललाई क्षति गरेको आज हावाहुरी समेत लागेका कारण आगलागी मोलुङ गाउँपालिकाको वडा नं. तर्फ बढेको हाल सम्म आगोलाई नियन्त्रणमा लिन नसकेको मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले जानकारी दिनुभयो

 उक्त आगलागीवाट हाल सम्म कुनै  मानविय क्षति, घरगोठमा क्षति नगरेको भएपनि वडा नं. तर्फ आगलागी भएमा घरहरुमा पनि क्षति पुग्ने उहाँले बताउनुभयो स्थानीयले मात्रै आगलागी नियन्त्रणमा लिन नसकेको कारण जिल्ला सदरमुकामवाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीलाई अनुरोध गरिएको पनि अध्यक्ष राईले जानकारी दिनुभयो