नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

जिल्ला कै पहिलो तामाङ लामा पठनपाठन सिविर सम्पन्न

ओखलढुङ्गान्युज, फागुन २४ ओखलढुङ्गा । सुनकोसी गाउँपालिकामा जिल्ला कै पहिलो लामा पठन पाठन सिविर सम्पन्न भएको छ । तिन महिना अघि अर्थात मंशिर १५ गतेवाट सुरु भएको लामा पठन–पाठन सिविर गत शोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो । गौतमबुद्धको जन्मथलो लुम्बिनीका अहिंसावादी विश्वशान्ति चक्र संघका केन्द्रिय महाासचिव ऋजिन वल तामाङ (खेम्बु) को विशेष उपस्थितीमा शिविर समापन गरिएको हो ।

तिन महिना सम्म सञ्चालन भएको उक्त सिविरमा सहभागीहरुलाई तामाङ संस्कार संस्कृती अनुसार आफ्नो संस्कार र स्ंस्कृतीको रक्षा तथा जगेर्ना गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको सुनकोसी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिनुभयो । तामाङ जातिहरुको व्यक्तिगत महत्वपूर्ण ६ वटा कर्मकाण्डहरु जन्मदा, विवाह गर्दा, मृत्यु हुदा, साईत हेर्दा लगायत कर्मकाण्ड कसरी गर्ने भन्ने विषय पढाईएको अध्यक्ष तामाङले जाकारी दिनुभयो ।

लामा पठन–पाठन सिविरमा सुनकोसी गाउँपालिकाका २९ जनाले सहभागिता जनाएका थिए । सिविरमा आफ्नो धर्म संस्कारको जगेर्ना र रक्षाका लागि भन्दै युवाहरुले उत्साहपुर्ण रुपमा सहभागीता जनाएका थिए । यसभन्दा अगाडी ओखलढुङ्गामा तामाङ जातीको सबै कर्मकाण्ड गर्ने लामा नभएकोले सिविरको आयोजना गरिएको पनि अध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रमको समापनको अवसरमा सबै सहभागीहरुले तामाङ जातिको महत्वपुर्ण सबै कर्मकाण्ड गर्न सक्ने आधिकारीक प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

सुनकोसी गाउँपालिका वडा नं. ५ मुलखर्कमा रहेको ऋसांखु छ्योलिङ तामाङ गुम्बामा तिन महिनासम्म सिन्धुलीका गुरु पाल्देन पाख्रिन तामाङले अध्यापन गराउनु भएको थियो । सिविर सञ्चालनका लागि प्रदेश सरकारवाट ३ लाख, सुनकोसी गाउँपालिकावाट १ लाख र सुनकोसी गाउँपालिका वडा नं. ५ को तर्फवाट रु २५ हजार बजेट विनियोजन गरिएको थियो । त्यस्तै सिविर सञ्चालन अवधिभर ऋसांखु छ्योलिङ तामाङ गुम्बाको तर्फवाट व्यबस्थापन गरिएको थियो ।

गुम्बा विकास समितिका अध्यक्ष शंखर तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा गुम्बाका संस्थापक अध्यक्ष पञ्च बहादुर तामाङ, वडा अध्यक्ष गोविन्दराम तामाङ, नेपाल तामाङ घेदुङ ओखलढुङ्गाका जिल्ला अध्यक्ष सुवास तामाङ लगायतको उपस्थिती रहेको थियो । सिविरको समापन गर्दै कार्यक्रमका सहभागी बक्ताहरुले यस नौलो प्रयासले तामाङ जातिहरुको संस्कार र सस्कृतीको रक्षाका लागि टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।