नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मन्थली मेयरकप भलिबलको उपाधी गण्डकी प्रदेशलाई

ओखलढुङ्गान्युज, माघ २७ रामेछाप । रामेछापको मन्थलीमा जारी रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ को उपाधि गण्डकी प्रदेशले जितेको छ । आईतवार भएको फाईनल खेलमा ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५’ एवम् चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको हो ।

आईतवार भएको फाईनल खेलमा गण्डकी प्रदेशले नमुनादीप युवा क्लव रामेछापलाई २५–२२, २५–२१, २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको हो । प्रतियोगितामा विजेता बनेसगै उसले नगद रु ३ लाख, शील्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाईनलमा गण्डकी प्रदेशसग हार्दै नमुनादीपले उपविजेतामा चित्त बुझाएको छ । नमुनादिप उपविजेता वन्दै नगद रु २ लाख शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

त्यस्तैगरि प्रतियोगितामा रामेछापकै शान्तिदीप युवा क्लब तेश्रो भएको छ भने प्रदेश नम्बर १ भने चौथो वन्दै सान्त्वनामा मात्रै चित्त बुझाउन बाध्य भएको छ । शान्तिदीप यूवा क्लव मन्थली रामेछाप तेश्रो हुदै नगद रु १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना हुदै प्रदेश नम्बर १ ले नगद ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र हात पारेको छ । प्रतियोगितामा सातओटै प्रदेश र रामेछापका दुईटीम सहति नौ टिमको सहभागीता रहेको थियो ।