नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

साबधान  ! आजवाट  तीन दिनसम्म देशभर वर्षा, हिमपहिरो जानसक्छ

ओखलढुङ्गान्युज, माघ २४ काठमाण्डौ ।  बुधवार राती देखी नै देशभर पानी परेको छ । बुधवार राती देखी सुरुभएको भएपनि विहिबारदेखी तीनदिनसम्म देशैभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखा काठमाण्डौले जनाएके छ । बिहीबारदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुदै हिमपहिरो समेत जान सक्ने सम्भावना रहेको भन्दै एक सूचना निकालेर मौसम पूर्वानुमान महाशाखाले साबधानी रहन अनुरोध गरेको छ । 

आज विहिवार सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी साथै मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षा हुने सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

विहिवारदेखी हुने वर्षासँगै हिमपात हुने भएकाले शनिबारसम्म चिसो बढ्नेछ । बिहीबार र शुक्रवार देशैभरी वर्षा हुने, बिहीबारदेखि देशैभर मौसममा गडबडी हुनेछ र शनिवारसम्मै असर परि आइतबारदेखि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा रहेको भन्दै मौसमविदले मौसम क्लियर नभएसम्म केही दिनका लागि  ‘ट्रेकिङ’ नजान समेत सुझाव दिएका छन् ।

गत पुष २३ गतेयता पश्चिमी वायूको प्रभाव नेपालमा तिब्र रुपमा पर्दै आएको छ । पश्चिमी वायूको प्रभावले पुस २३ गते यस वर्षको पहिलो हिउँदे वर्षा समेत भएको थियो । हिउदे वर्षात भएपश्चात आलु तथा गहँु बाली लगाएका कृषकहरु हर्षित भएका छन् । तर बालबालीका, बृद्धबृद्धा र रोगीहरुका लागि भने चिसोले थप समस्या बनाएको छ ।