नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेपालले रच्यो क्रिकेटमा ऐतिहासिक सफलता

ओखलढुङ्गान्युज, माघ २० काठमाडौं । आईतवार नेपाली क्रिकेटले ए ऐतिहासिक सफलता हात पारेको छ । आईतवार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला जितेर टी–ट्वेन्टी श्रृंखलाको उपाधि हात पारेसगै नेपालले ईतिहासमा नै ऐतिहासिकता रच्न सफल भएको हो । 

टीट्वान्टी शृङखलाको आईतवार सम्पन्न अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो । नेपालको जितका लागि करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिएका थिए । टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो ।

खेलको बिचमा नै पानी परेपश्चात वर्षाका कारण आइतबारको खेल १० ओभरमा छोट्याइएको थियो । नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ९० रनमा समेटिएको हो । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण थियो ।

अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक/एक खेल जितेकाले शृंखला १–१ को बराबरीलाई तोड्दै नेपालले २–१ को जित निकालेको हो । नेपालले सन् २०१४ को टीट्वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्वेन्टी टोलीको मान्यता पाएको थियो । सो अवसरमा नेपालले दुई टीट्वेन्टी शृंखलासमेत खेलेको थियो ।