नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

रामेछापमा अरनिको बस दुर्घटना, ओखलढुङ्गाका एक सहित दुईको मृत्यु

तस्वीर ः सामाजिक सञ्जाल

ओखलढुङ्गान्युज, माघ ६ ओखलढुङ्गा । आईतवार रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २० जना भन्दा बढि घाइते भएका छन् । मृत्यु हुनेमा ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका ६ का अन्दाजी २१ वर्षिय ओम कार्की र मन्थली नगरपालिका वडा नं. ५ सालुका अन्दाजी २३ वर्षिय निरोज भुजेल रहेका छन् ।

ओखलढुङ्गाका कार्कीको घटनास्थलमा नै मृत्यु भएपनि भुजेललाई भने गम्भिर घाइृते भएका कारण थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बाटैमा ज्यान गएको हो । मृतक भुजेल मन्थली नगरपालिका वडा नं. ५ का नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका सभापति समेत हुन् ।

ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जादै गरेको बा ४ ख ४२१० नम्बरको अरनिको यातायातको बस दुर्घटनामा परेको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।

बस दुर्घटनमा परेकाहरुलाई तत्काल उद्दार गरि रामेछापको मन्थली स्थित सामुदायीक अस्पतालमा उपचार गरिएको थियो । बस दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । बाँकी सामान्य घाइते भएकाहरु भने उपचार पछि आ–आफ्नो गन्तव्यमा फर्किएका छन् ।

३२ सिटको क्षमता भएको बसमा ६० जना भन्दा बढि रहेको घटनामा परेका यात्रुहरुले बताएका छन् । नेपाल सरकारले बसको छतमा चढेर यात्रा गर्न प्रतिबन्ध गरेपनि घटना भएको बसमा छतभरि यात्रुहरुलाई राखिएको थियो । बसको क्षमता भन्दा बढि यात्रु चढाएर तिब्रगतिमा बस चलाएको कारण बस दुर्घटनामा परेको बसमा सवार यात्रुहरुले बताएका छन् । घटनाको बारेमा भने अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।