नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा क्षतविक्षत अवस्थामा एक किशोरको शब फेला

विएन श्रेष्ठ, माघ ६ ओखलढुङ्गा । ओखलढुङ्गामा आईतवार विहान एक किशोरको मृत अवस्थामा शब फेला परेको छ । ओखलढुङ्गाको लिखु र चम्पादेवी गाउँपालिकाको सिमानामा किशोरको शब फेला परेको बताईएको छ । लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वर र चम्पादेवी गाउँपालिका वडा नं. १० रानीवनको सिमानामा पर्ने घ्याङ्ले खोलामा शब फेला परेको हो ।

लिखु गाउँपालिकाको वडा नं. ३ नर्मदेश्वरवाट ओखलढुङ्गा तर्फ आउने नर्मदेश्वर रानीवन सडक खण्ड अन्तर्गत घ्याङ्ले खोलामा पर्ने सडक खण्डवाट करीब १ सय मिटर तल शब फेला परेको स्थानीयवासीहरुले बताएका छन् । शब करीब १५–१६ बर्षको जस्तो देखिने किशोरको रहेको छ । स्थानीयका अनुसार शबको टाउकोमा चोटैचोट भएको कारण चिन्न सकिन अबस्थामा नरहेको स्थानीय देव तामाङले वताए । शबको टाउको टुक्राटुक्रामा रहेको छ ।

तामाङका अनुसार शबको प्रकृती हेर्दा कसैले धारिलो हतियारको प्रयोग गरेर हत्या गरेको जस्तो देखिन्छ । बाटो हिड्नेहरुले शब देखेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई खबर गरेका थिए । अहिले प्रहरी चौकी घोराखोरीवाट घटनास्थल तर्फ प्रहरीको टोली खटिएको छ । यो समाचार तयार पार्दा सम्म घटनास्थलमा प्रहरीको टोली पुगेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेपछि घटनाको बारेमा थप जानकारी आउने र अहिले सम्म घटनाको बारेमा केही पनि भन्न नसकिने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।