नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गाका छुट्टाछुट्टै ठाउँमा भिरबाट लडेर २ जनाको मृत्यु

ओखलढुङ्गान्युज, पुष ३० ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको छुट्टाछुट्टै ठाउँमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका वडा नं. २ पलापुका भिम बहादुर मगर र सुनकोसी गाउँपालिका वडा नं. ९ कटुञ्जेका याम बहादुर रापचा रहेका छन् ।

चम्पादेवी गाउँपालिका वडा नं. २ पलापुको कना भन्ने भिरबाट लडि ६२ वर्षिय भिम बहादुर मगरको मुत्यु भएको छ । स्थानिय भोगटेनी देखि गाँसीटार जाने गोरेटोबाटो भएको भिरवाट करिब २ सय मिटर तल खस्दा मगरको घटना स्थलमै मृत्यु भएको हो । शनिबार काममा गएका मगर घर फर्केका थिएनन् । काममा गएका मगर सायद काम भएको ठाँउतिर नै बसे होलान भनेर परिवार चुपचाप नै बसेको थियो । 

आईतबार विहान घाँस काट्दा जाँदा एक महिलाले लडिरहेको अबस्थामा पुरुषको शब देखेपछि प्रहरीलाई खबर गरीएको थियो । प्रहरीलाई जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट ईन्सपेक्टर राजिप श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थल तर्फ लागेको थियो । प्रहरीको टोलीले घटनास्थलमा पुगी प्रारम्भीक अनुन्धानपछि शब मगरको भएको परिचय खुलेको थियो । घटनाबारे थप अनुशन्धान भैरहेको ईन्सपेक्टर राजीप श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सुनकोशी गाउँपालिकामा पनि आईतबार बिहान गाउँपालिकाको वडा नं. १० स्थित ठुलीभिर सामुदायीक बनमा घाँस काट्न जादाँ भिरबाट लडेर सोही गाउँपालिकाको वडा नं. ९ का ४४ बर्षिय बेद बहादुर भनिने यम बहादुर रापचाको मृत्यु भएको छ । सामुदायीक बनले घाँस काट्न खुलाएको समयमा घाँस काट्न जादाँ रापचा भिरबाट अन्दाजी १ सय ५० मिटर तल खसेका थिए । भिरबाट लडेका रापचाको घटना स्थलमै मृत्यु भएको सुनकोशी गाउँपाकिला ९ का वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए ।