नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

कसैले देख्नु भा छ उहाँलाई ? छ भने खबर गरिदिनुस न !

बाह« वर्षदेखी वेपत्ता श्रीमान् खोज्दै कल्पना

           बेपत्ता डम्बर बहादुर कटुवाल

विएन श्रेष्ठ/मनोज भट्टराई, पुष २८, ओखलढुङ्गा ।  माईतीको ठेगाना ओखलढुङ्गाको मोलुंग गाउँपालीका १, साविकको कुन्तादेवी ७ । नाम कल्पना कार्की कटुवाल । समाजमा चलेको परम्पराको सिकार बन्दै १५ वर्ष नपुग्दै विबाह भयो । हुर्के बढेका छोरी चेली राख्नु हुन्न भन्ने परम्पराबादी सोच कै कारण सानै उमेरमा विबाह गर्न बाध्य भईन कल्पना । १५ वर्षको उमेरमा नै उनलाई हुर्केको देख्यो समाजले ।

०५६ फागुनमा सिद्धिचरण नगरपालीका ११ सोब्रुका डम्बर बहादुर कटुवालसंग कल्पनाको विहे भयो । घर परीवारले नै परम्परागत ढंगबाट बिवाह भएको हो उनको । बिबाह पछि पनि समय र परिस्थिती अनुसार उनी परीवारसंग खुसीसाथ जीवन बिताई रहेकी थिईन् । उमेर सानै भएपनि जिउडाल हेर्दा साह«ै कम उमेरको हो भनेर समाजले आकलन गर्न सकेन । विवाहका लागि योग्य सम्झियो ।

बिहे गरेको एकवर्षमा नै अर्थात ०५७ मै उनीहरुको पहिलो सन्तान छोरी जन्मिन् । छोरी जन्मेपछि पारीवारीक जिम्मेवारी थपिएको भन्दै डम्वर (कल्पनाका श्रीमान) ०५८ सालमा बैदेशिक रोजगारीका खाडी मूलुक हान्निए । परिवार धान्ने खर्च कमाउन भन्दै उनी मलेसिया गए । बैदेशिक रोजगारीका लागी मलेसियामा जादा उनले आँफु बिदेश जाँदाको ऋण तिरेर घरखर्च समेत पठाई रहे । जेनतेन परीवार चलि नै रहेको थियो । करीब तिन वर्षको विदेश बसाई पछि उनी ०६१ को बैशाख तिर नेपाल फर्के ।

नेपाल आएको लगतै उनी फेरी बैदेशिक रोजगारीका लागी बिदेश जाने भनेर काठमाण्डौ गए । ०६१ भदौ मै कतार गए । उनी कतार गएको डेढ वर्ष सम्म घर खर्च गर्न र आफु गएको ऋण तिर्न केही पैसा पठाए । तर त्यसपछि न पैसा नत फोन । न त मान्छे जिउँदो छ या मरेको केही पत्तो छैन । बैदेशीक रोजगारीको शिलशिलामा ०६१ सालमा कतार पुगेका श्रीमान डम्बर बहादुर कट्वाल २०६२ को करीब फागुन महिनादेखी हालसम्म न घर फर्किए, न त सम्पर्कमा नै छन् ।

             बेपत्ता डम्बर बहादुर कटुवालको नागरिकता

लामो समयदेखी श्रीमान घर नफर्किएपछि परिवार बिचल्लीमा परेको छ । बिबाह गरेर पहिलो छोरी पाँच बर्ष र दोस्रो छोरी पेटमा हुदाँ कतार भासिएका डम्बर बहादुरको हालसम्म अत्तोपत्तो छैन । कतार पुगेको डेढ बर्षसम्म आँफुहरुबिच कुराकानी हुने गरेको श्रीमती कल्पनाले बताईन् । श्रीमान बिदेश हिँडेको ७ महिनापछि कान्छी छोरी जन्मिन् । कुरा गर्दै गर्दा उनी भावुक बनिन् कल्पना । आँखाभरी आँशु पारेर ०६२ मा एकाएक आफु सिकिस्त बिरामी परेर ओखलढुंगा सामुदायीक अस्पताल मिसनमा भर्ना हुदाँ श्रीमानसंग अन्तिम पटक कुरा गरेको कल्पनाले स्मरण गरीन् । आफु अस्पतालमा छँदा पैसा पठाई दिनु भनेर कुरा भएको तर त्यस पछि त आज सम्म अत्तो पत्तो नभएको उनले बताईन् ।

काठमाण्डौको तिनकुने स्थित स्लेन्डीड जब सोलुसन प्राली मार्फत कतार गएका डम्बर बहादुरलाई कम्पनीले भने स्वदेश फर्किसकेको बताउने गरेको छ । श्रीमानको खोजीमा धेरै पठक काठमाण्डौ गएको तर कम्पनीले नेपाल फर्की सकेको बताएपछि आफलाई नरमाईलो लगेको बताईन् । खोजीका लागी आफु कम्पनी भन्दा अन्य स्थानमा नपुगेको कारण श्रीमान् अझै बिदेश मै पो छन् की भनेर मन बुझाउने गरेको उनले बताईन् ।

श्रीमानकै खोजीका लागी श्रीमती कल्पनाले हालसम्म आफ्नो अचल सम्पती देखी लिएर डेढ लाख रुपैया भन्दा बढी नगद ऋण गरेर खर्च गरिसकेको बताईन् । श्रीमान्को खोजीका लागि ६÷७ पटक त काठमाण्डौ सम्म पुगिन् । उनले श्रीमानको खोजीका लागी काठमाण्डौ प्रहरीलाई समेत गुहारेकोे बताईन् । प्रहरीलाई खबर गर्दा समेत केही पत्ता पाउन नसकेको उनले बताईन् ।

श्रीमानको खोजीकै लागी कल्पनाले जग्गाजमिन समेत सकिसकेकी छिन् । ‘अझैपनि उहाँ आउनुहुन्छ भन्ने आशामा छु’ उनले भनिन्, ‘सबैतिर खोजीयो उहाँलाई खोज्दा लागेको ऋण समेत तिर्न सकेको छैन ।’ कल्पनाकी जेठी छोरी अहिले सगरमाथा जनता माबिमा उच्च शिक्षा अध्ययन गर्ने भैसकिन् । सानी छोरी सोब्रुकै एक बिद्यालयमा अध्यनरत छिन् ।

कल्पना र डम्बरका दुई छोरी शोभा र सपना । दुवै छोरीहरु आफुले बाबाको आश मारी सकेको बताउँछन् । आफु सानो छँदा बाबाको न्यास्रो लाग्ने गरेको भए पनि अहिले  त बानी परीसकेको शोभा बताउँछिन् । ‘बाबा हाम्रो लागी मरिसक्नुभयो । जुन बेला आवश्यकता थिया,े त्यो बेला बाबा नभएपछि अब किन चाहियो ।’ रुदै शोभाले भनिन्, ‘चाडवाड आँउदा सबैका घरमा रमाईलो हुन्थ्यो । आफ्नो घरमा भने सधै बाबाको सम्झनामा रुवावासी मात्रै । आम्रो आशा आशुँ  निराशामा परिणत बाहेक केही पनि भएन ।’ शोभा भन्छिन्, ‘कहिले काँही बहिनीले बाबाको कुरा गर्दा पनि आफुलाई रिस मात्रै उठ्छ । तर पनि बाबा भएको भए आफुहरुले यती धेरै दुःख गर्नु नपर्ने र ममीलाई पनि दुःख नहुने थियो होला ।’ कान्छी सपनालाई त बुबाको अनुहार नै थाहा छैन ।

भुकम्पले चाही झनै ऋण बढाईदियो

०७२ को बिनासकारी भुकम्पले कल्पनाको घर सबै भत्काई दियो । दिउँसो भएका कारण उनीहरु बाँच्न त सफल भए । तर बेलुका देखी बस्ने वास थिएन । श्रीमानको खोजीमा लाग्दा कल्पनाले एउटा घर भएको टुक्रो जमिन बाहेक सबै श्रीसम्पति सकीन् । गाउँमा टोलमा आएका विभिन्न लघुवित्तहरुवाट व्यबसाय सञ्चालन गर्नका लागि ऋण लिएकी छिन् । लिएको ऋणले एकातिरवाट लिएर अर्कालाई बुझाँउदा र घरखर्चमा नै ठिक छ । कसरी व्यबसाय गर्नु ?

भुकम्प पछिका दिनहरु कष्टकर भए कसरी बाँच्ने, कहाँ बस्ने, के खाने भनेर सँधै चिन्तीत हुने गर्थीन कल्पना । आफु मात्रै भए त जसो तसो हुन्थ्यो होला छोरीहरु पनि भएका कारण आफु कहाँ जाने, के गर्ने भन्ने अन्योलमा परेको उनले बताईन् । सुरुमा सरकारले उपलब्ध गराएको पैसाले सामान्य टहरो बनाएर दुई वर्ष सम्म बसेको अनुभव सुनाउँदै उनले घर वनाउँदा धरै ऋण समेत लागेको बताईन् । घर त जसो तसो बनाएँ तर श्रीमान खोजेको पैसा तिर्न नसक्दै घरले अर्को चार लाख ऋणमा परीदियो । उनले भनिन्, ‘आफुसँग आम्दानीको श्रोत छैन । श्रीमान् खोज्दा बिभिन्न लघुबित्तहरुमा लिएको ऋण कसरी तिर्नु भनिरहेको अवस्थामा घरबनाउँदा ७ लाख लाग्यो । अब झन कसरी ऋण तिर्ने होला ?’

एकल महिला जीवीका कसरी चलाउने भन्ने चिन्ता त छदै छ कल्पनालाई । छोरीहरुलाई कसरुी शिक्षा दिक्षा दिनुभन्ने झनै चिन्ता भएको छ । छिमेकी भिम कुमारी खत्रीले कल्पना परिवार बिचल्लीमा परेको र घरव्यहार धान्ने मान्छे नहुदाँ कल्पना परिवारको बिजोग रहेको उनले सुनाईन् । छिमेकीहरु कतै डम्बर अर्कै घरबार गरेर त बसेको छैन भन्ने आशंका समेत रहेको बताउँछन् । कल्पनाले बिभिन्न संचार माध्ययमबाट आफ्नो श्रीमानको खोजी दिन समेत आग्रह गरेकी छन् । हाल दुई छोरीसंगै बस्दै आएकी कल्पना स्थानिय एक होटलमा भाडाँ माझेर गुजारा चलाउदै आएकी छन् ।