नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नेविसङ्घमा साढे पाँच हजार नयाँ सदस्य थपिए

ओखलढुङ्गायुज, पुष २३ ओखलढुङ्गा । नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले जिल्ला भर साढे पाँच हजार नयाँ सदस्यता वितरण गरेको छ । नेविसङ्घको बाह«ौँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै जिल्लाका सबै माद्यमिक बिद्यालयमा आफ्नो कमिटी समेत विस्तार गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आफ्नो कमिटि विस्तार गरे सगै ईकाई निर्माण गरी नयाँ सदस्यता बितरण गरेको हो ।

जिल्लामा नयाँ सदस्यता वितरणका साथै सबै स्थानीय तह स्तरीय ईकाई समिती गठन तथा पुनःगठनमा लागी परेको नेविसंघ ओखलढुङ्गाका नेता रोसन महतराले बताए । नेविसंघको बाह«ौ जिल्ला अबिधेशनका अध्यक्षका दाबेदार समेत रहेका महतराले नेविसंघलाई हरेक गाउँ र टोलसम्म पु¥याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताए ।

मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गति हटाई आगामी निर्वाचनमा काङ्ग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई तिब्रता दिईएको पनि उनले बताए । लामो समयको अन्तरालमा हुन लागेको जिल्ला अबिधेशनका विषयमा आज अर्थात पुष २३ गते जिल्ला कार्य समितीको बैठक बसी जिल्ला अबिधेसनको मिती तय गर्ने विद्यार्थी नेता महताराले बताए ।

नेविसंघको केन्द्रले तोकेको निर्वाचन कार्यतालिका अनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने परिपत्र केन्द्रले गरेको छ । त्यस्तै पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने परिपत्र रहेको छ । तर ओखलढुङ्गामा केन्द्रको सर्कुलर अनुसार पुस १४ भित्र जिल्लाको अधिवेशन गर्नुपर्ने भए पनि ढिला गरेर बिद्यालय, क्याम्पस तथा स्थानीय तह स्तरीय ईकाई समितीहरु निर्माण भएका हुन् ।

निर्वाचन आउन केही दिनमात्र बाँकी रहदा नेविसंघले लिखु गाउँपालिकामा भने पालिका स्तरीय अधिबेशन गर्न सकेको छैन । लिखु गाउँपालिका बाहेक जिल्लाका अन्य सातओटै स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको छ । लिखुमा पनि केही दिनमा हुने नेबिसंघका जिल्ला अध्यक्ष प्रदिप बानियाले जानकारी दिनुभयो । लामो समयसम्म विधान र नियमावलीको बारेमा विवादपछि विधान पास भएको नेविसङ्घले केन्द्रिय महाधिबेशनको पुस २८ देखि ३० गतेसम्म १२ औँ महाधिवेशनको तालिका तोकेको छ । महाधिबेश अगाडी नै ओखलढुङ्गाको जिल्ला अधिबेशन सक्नेगरि शोमबारको जिल्ला बैठक टुङ्गो लगाउने पनि अध्यक्ष बानियाले जानकारी दिनुभयो ।