नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा प्रहरीको सरसफाई अभियान

ओखलढुङ्गान्युज, मंशिर २२ ओखलढुङ्गा । ओखलढुङ्गामा आज नेपाल प्रहरीको आयोजनामा सरसफाई अभियान सञ्चालन भएको छ । सदरमुकामका सिद्धिचरण नगरपालिका वडा नं. ११ मा रहेको सामुदायीक अस्पताल सोब्रुको परिसरमा सरसफाई कार्यक्रमको सञ्चालन गरिएको हो ।

सरसफाई कार्यक्रमममा सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौड्याल, निर्वाचित जनप्रतिनिधिहरु, अस्पतालका डक्टर तथा अन्य कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख एवम् जवानहरु, स्थानीय नागरिक तथा पत्रकारहरुले पनि सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले सरसफाई कार्यक्रमको आयोजना गरेको हो । समुदायमा प्रहरी सगसगै छ भन्ने महसुस गराउन स्थानीय स्तरमा हुने अपराधिक कृयाकलापलाई न्यूनिकरण गर्न सहज होस भने उद्देश्यले नेपाल प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा रचनात्मक कृयाकलापहरु सञ्चालन गर्दै आएको छ ।

समुदायको सबै स्तरमा नेपाल प्रहरी पनि सगसगै छ भन्ने अनुभूति गराउनका लागि अहिले प्रहरीले जिल्लाभर गाउँपालिकाको वडा तह सम्म गएर समुदाय प्रहरी वडा समिति गठन गरिरहेको छ । हालसम्म जिल्लाको सिद्धिचरण नगरपालिकाको सबै वडाहरुमा उक्त समिति वनिसकेको र बाकी गाउँपालिकाका वडाहरुमा पनि समिति गठनको कार्य समेत अन्तिम चरणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।