नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

विपद् जोखिम न्युनिकरण तालिममा ९ बुदे ओखलढुङ्गा घोषणापत्र जारी

ओखलढुङ्गान्युज, मंशिर ८ ओखलढुङ्गा । प्रदेश नं. १ को स्थानीय तहमा बिपद सचेतना तथा अभिमुखिकरण सम्बन्धी दुई दिवसिय तालिम ९ बुदे ओखलढुङ्गा घोषणापत्र जारी गर्दै शुक्रवार सम्पन्न भएको छ । तिन जिल्लालाई सहभागी गराई विहिवारवाट सुरु भएको तालिम ९ बुदे घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको हो । तालिमको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नु भएको थियो ।

जारी गरिएको घोषणापत्रमा तालिममा सहभागी तिनओटै जिल्लामा विपद जोखिम न्यूनिकरणका लागि प्रेश तथा स्थानीय तह र आ–आफ्ना जिल्लाका सबै सरोकारवाला सग आवश्यक अभ्यास, अनुभव आदान प्रदान तथा अन्तरक्रिया गरि कार्यान्वयन गर्ने, अबका दिनहरुमा आफ्ना क्षेत्रमा सञ्चालन हुने हरेक विकास निर्माणका आयोजनाहरुमा वातावरण प्रभाव मुल्यांकन तथा विपद जोखिम प्रभाव मूल्यांकन पश्चात मात्रै कार्य सञ्चालन गर्न दिने रहेको छ ।

त्यस्तै निकायगत समन्वय र सहकार्यमा जोड दिदै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामा क्रमिक सुधार गर्दै लैजाने, प्रदेश सरकार अन्तर्गत रहने प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र (PEOC) जिल्लामा रहने (DEOC) र स्थानीय तहमा (LEOC) बीच सहकार्य गर्दै त्यसको प्रभावकारीतामा विस्तार गर्ने, सबै स्थानीय तहमा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको स्थापना, सञ्चालन र आवश्यक पर्ने भौतिक संरचना, जनशक्ति ब्यबस्थापनका लागि मन्त्रालय सग आवश्यक सहयोग, सहकार्य र सहयोग मन्त्रालयवाट उपलब्ध गराउने लगायतका प्रतिबद्धताहरु रहेका छन् ।

यस भन्दा अगाडी पनि प्रदेश नं। १ ले स्थानीय तहमा बिपद सचेतना तथा अभिमुखिकरण सम्बन्धी दुई दिवसिय तालिम ६ जिल्लालाई सहभागी गराई दुई ठाउँमा सञ्चालन गरिसकेको छ । अब तुरुन्तै तराईका ५ जिल्लामा पनि यो तालिम सञ्चालन गर्दैछ । तालिम सम्पन्न भएपश्चा प्राप्त हुने सबै जिल्लाका प्रतिबद्धताहरुलाई संकलन गरि प्रदेश मन्त्रालयले नै एक प्रतिबद्धता जारी गर्नेछ । जारी गरिएको सार्बजनिक प्रतिबद्धताको आधारमा विपद जोखिम न्युनिकरणका लागि आवश्यक योजना तथा बजेट सहित कानून र कार्यबिधी तय गरिने तथा लागू गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालयका मुख्य सचिव गोपाल प्रसाद पराजुलीले बताउनुभयो ।

तालिमको उद्घाटन गर्न आउनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले तालिमको उद्घाटन गर्दै तालिम पश्चात तत्काल गाउँमा गएर विपद् न्यनिकरणका लागि आवश्यक योजना र बजेटको तय गर्न सहभागीलाई निर्देशन दिनुभएको थियो । तालिम पश्चात चाडै प्रदेशमा विपद जोखिमलाई न्युनिकरणका लागि कानून नै बनाएर प्रदेश नं. १ भर नै लागू गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

जारी गरिएकाे प्रतिबद्धता घाेषणापत्र :