नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सांसद क्षेत्र विकास कोषको रकम तपाइकाेमा कुन याेजनामा कति ?

ओखलढुङ्गान्युज, मंशिर ५ ओखलढुङ्गा । संघीय सांसद विकास कोषअन्तर्गत प्राप्त हुने बजेटलाई ओखलढुङ्गाले सडकमा प्राथमिकता दिएको छ । केही दिन अगाडी जिल्ला समन्वय समितिमा भएको बैठकले ओखलढुङ्गाका २० वटा योजना छनौट गरेको हो । सांसद विकास कोष अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड बजेटबाट जिल्लामा २० वटा योजना छानिएको हो ।

बैठकमा प्राप्त माग गरिएको योजनाको निवेदनहरु मध्येवाट सिद्धिचरण नगरपालिका पूर्वाधार विकासका लागि ६० लाख, खिजीफलाटे–श्रीचौर सडक निर्माणका लागि ५१ लाख, यसम देखी रानीवनको नर्कटेभञ्ज्याङ सडक निर्माणका लागि ५० लाख रकम विनियोजन गरेको छ । त्यस्तै सिस्नेरी भञ्ज्याङ–खानी–माटे–आरुभञ्ज्याङ–पुनटार सडकलाई ३० लाख, मोलुङ गाउँपालिका पूर्वाधार विकासका लागि ३० लाख रकमको विनियोजन गरेको छ ।

त्यस्तैगरि सिद्धिचरण नगरपालिकामा रहेको श्रष्टा पार्क निर्माण तथा व्यवस्थापनलाई २० लाख, केत्तुके–पंखु–खाटा–मोली–निशंखे सडक १५ लाख, मिश्रभञ्ज्याङ–तीनतले सडक १५ लाख, हिलेपानी सोलार ग्रीड निर्माण १५ लाख, मिसन मालिङगे भिजन २१०० का लागि १० लाख, श्रीचौर खेल मैदान १० लाख, मानेभञ्ज्याङ–उदयपुर–उँबु सडक १० लाख, पात्ले–दोराखर्क–खुदुर्के–फाक्से सडक १० लाख रुपैंया विनियोजन गरिएको छ ।

त्यसैगरी खेलकुद विकास समिति पूर्वाधार विकास १० लाख, रुम्जाटार पावर हाउस जाने सडक १० लाख, कटुञ्जे–च्यानम–पोखरी भञ्ज्याङ सडक १० लाख, पारिजात आधारभुत विद्यालय माम्खाको भौतिक पूर्वाधार विकासका लागि १० लाख, सहिद क्याप्टेन यज्ञबहादुर थापा स्मृती सभाहल निर्माणका लागि १० लाख, आँपस्वारा–ठोट्नेखोला–भदौरे सडक १० लाख, जनज्योती आधारभुत विद्यालय निभारेको भवन निर्माणका लागि १० लाख रुपैयाँ रकम विनियोजन गरिएको छ ।

गत शुक्रवारवाट ओखलढुङ्गा सदरमुकाम प्रतिनिधी सभा तथा प्रदेश सभाका सांसद र स्थानीय सरकारका प्रमुखहरुको भेलामा प्राप्त मागहरुका विषयमा छलफल भएको थियो । निर्देशक समितिको छलफल र परामर्श समितिको सुझावका आधारमा प्रदेश र स्थानीय सरकारले अघि बढाउने योजनामा नदोहोरिने गरि पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड बजेट विनियोजन गरेको सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो ।

सांसद सुनुवारका अनुसार अहिलेको बजेटले सम्बोधन नभएका माग र आवश्यकता पहिचान गरेर प्रदेश र स्थानीय तहको बजेटबाट सम्बोधन गर्ने विषयमा निर्देशक समितिका सदस्यहरुबीच सहमती भएको छ । संघीय संसदका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा प्राप्त भएको चार करोडका लागि सयौको संख्यामा साना–ठुला योजनाहरुको माग भै आएका थिए । योजनाका लागि बजेट विनियोजन गर्दै गर्दा नेपाल पत्रकार महासंघको निर्माणाधिन भवनलाई सांसद सुनुवारले सम्बोधन गर्ने बताएको भएपनि यसपटक भने योजनामा सम्बोधन हुन सकेन ।