नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

ओखलढुङ्गाका शिक्षकहरु आन्दोलनमा

ओखलढुङ्गान्युज, कातिक ३० ओखलढुङ्गा । दशै अगाडी घटस्थापना देखी वन्द भएको विद्यालयहरु विहिवारबाट सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनमा आएपनि पुरै पठनपाठनको काम भने हुन सकेको छैन । लामो विदापछि विद्यालय सञ्चालन आएको केही दिन वित्न नपाउदै शिक्षकहरु भने आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलन अन्तर्गत शुक्रवार शिक्षकहरुले सदरमुकाममा भेला भएर शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गामा चार घण्टा धर्ना दिएका छन् । विगतका विभिन्न समयमा आफुहरुसँग भएका सम्झौताहरु सरकारले कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले आन्दोलनको कार्यक्रम अन्तर्गत धर्ना दिएका हुन् । बिहान १० बजेबाट सुरु भएको धर्ना दिउँसो २ बसे सकिएको थियो । तेश्रो चरणको आन्दोलन अन्तर्गत शुक्रवारको धर्नामा नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको सहभागिता रहको थियो ।

आन्दोलन अन्तर्गत धर्ना कार्यक्रमको नेतृत्व भने नेपाल शिक्षक महासंघले गरेको हो । शिक्षकहरुले अघिल्लो दुई चरणमा गरेको आन्दोलनमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको लिखित सहमतीहरु कार्यन्वयन नभएकाले फेरी आन्दोलन गर्नुपरेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थ उपमहासचिव कुलप्रसाद खतिवडाले बताउनुभयो ।

स्थायी, अस्थायी, राहत, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक लगायतको समस्यालाई प्याकेजमा समाधान गराउन नेपाल सरकारलाई दवाव दिन तेश्रो चरणको आन्दोलन गरिएको पनि खतिवडाले जानकारी दिनुभयो । बेलैमा सहमती कार्यान्वयन गर्न तर्फ सरकारले ध्यान नदिए आन्दोलनलाई थप कडा पार्ने चेतावनी पनि शिक्षकहरुले दिएका छन् ।

शिक्षक महासंघ सरकार बिच स्थायी शिक्षकलाई समय पुगेपछी बढुवा गर्ने, अस्थायी लाई प्रक्रिया पु¥याएर स्थायी गर्ने, राहत शिक्षकलाई दरबन्दीमा ल्याउने सहमती भएको थियो । त्यस्तै बाल कक्षाका सहयोगी शिक्षहरुलाई विद्यालय भित्र ल्याएर आधारभुत तहको शिक्षक बराबर तलब भत्ताको व्यवस्था गर्ने पनि सरकार र शिक्षक महासंघबीच लिखित सहमती भएको थियो ।