नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

जेष्ठ नागरिक दिवसमा नगरपालिकामा कविता बाचन, लिखुमा दाेसल्ला

विवेश श्रेष्ठ, असोज १५ ओखलढुङ्गा । ओखलढुङ्गामा विविध कार्यक्रम गरेर आज २८औं जेष्ठ नागरिक दिवस मनाईएको छ । जेष्ठ नागरिक दिवसको अवसरमा ओखलढुङ्गा सदरमुकाममा भने सिद्धिचरण नगपालिकाको आयोजनामा खुल्ला कविता वाचन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । सहभागीहरुले जेष्ठ नागरिक सग सम्बन्धित रहेर कविता बाचन गरेका थिए ।

खुल्ला कविता बाचन प्रतियोगितामा १६ जना प्रतियोगीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा अप्रतियोगी कविताको पनि वाचन गरिएको थियो । सम्पन्न प्रतियोगितामा जिवन खत्री प्रथम, ओसीना राई दोश्रा, धनराम श्रेष्ठ तेश्रा र क्रमशः दुर्गाराज चौलागाई, सरला धमलाले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजयीहरुलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार पाँच सय र एक/एक हजार नगद तथा प्रमाण प्रदान गरिएको थियो । प्रतियोगिताका विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौड्यालले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जेष्ठ नागरिकहरुको सम्मान गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभएको थियो । अहिलेको जेष्ठ नागरिक जस्तै हामी पनि केही वर्षपछि जेष्ठ नागरिक बन्ने लाईनमा रहेकोले अहिले देखी जस्तो व्यबहार गर्यो हाम्रा सन्ततीहरुले पनि पछि हामीलाई त्यस्तै व्यबहार गर्ने बताउदै जेष्ठ नागरिकरहरु हाम्रा गुरु समान भएको समेत बताउनुभएको थियो । गुरुहरुको सम्मान गरे मात्रै हामीलाई अघि बढ्ने प्रेरणा मिल्ने बताउदै जेष्ठ नागरिहरुको समस्यालाई ध्यान दिदै उहाँहरुलाई सम्मान गर्न हामीले भुल्न नहुने कुरालाई समेत जोड दिनुभयो ।

त्यस्तै जेष्ठ नागरिक दिवसको अवसरमा जिल्लाको लिखु गाउँपालिकामा पनि जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक दिवसको अवसर पारेर गाउँपालिकाले यसममा एक कार्यक्रमको आयोजना गरि दोसल्ला ओढाई सम्मान गरेको हो । जेष्ठ नागरिक हाम्रा ईतिहास पनि भएकोले उहाँहरुको सम्मान स्वरुप गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले बताउनुभयो ।

लिखु गाउँपालिकाले नौ वटै वडाका ८० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको भएपनि वडा नं. ४ र ५ का करीब २५ जना जेष्ठ नागरिकहरु मात्रै सहभागी रहेका थिए । वाटो पनि टाढा भएको र उमेरको अबस्थाका कारणले गर्दा पनि उहाँहरु सबैजना सम्मान कार्यक्रममा सहभागी हुन नसकेको पनि उपाध्यक्ष ढुंगेलले जानकारी दिनुभयो । लिखु गाउँपालिकामा ८० वर्ष उमेर पुरा भएका झण्डै ३ सय जना जेष्ठ नागरिकहरु रहेको गाउँपालिकामा तथ्यांक छ ।