नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

छोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ती पक्राउ

ओखलढुङ्गान्युज, असोज १५ ओखलढुङ्गा । ओखलढुङ्गामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन् । जिल्लाको सुनकोशी गाउँपालीका वडा नं. ८ च्यानममा एक ब्यक्तिले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।

गत शुक्रबार बेलुका आफ्नै घरमा छोरीलाई जवरजस्ती करणी गरेर भागेका कटुवाल थर भएका एकव्यक्तिलाई शनिवार प्रहरीले पक्राउ गरेको हो । स्थानीय बिद्यालयमा कक्षा ५ मा अध्ययनरत १३ वर्षिय बालीकालाई आफ्नै बाबुले पटक पटक करणी गर्दै आएका थिए । तर बलात्कार पछि बालिका छोरीलाई विभिन्न प्रलोभनमा पारी घटना लुकाउदै आएका थिए ।

शुक्रबार पनि करणी गरे पश्चात बालीकाले पिडा सहन नसकी छिमेकीलाई भने पछि छिमेकी मार्फ प्रहरीमा खबर गरिएको थियो । प्रहरीलाई खबर प्राप्त हुनासाथ प्रहरीले निजको खोजी गरीएको थियो । शनिवार कटवाललाई पक्राउ गरि आईतवार जिल्ला अदालतमा हाजिरी गराई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कटवाललाई अनुसन्धान पश्चात जवरजस्ती करणि मुद्धा अन्तरगत म्यादथप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।