नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

दुई होटलवाट ओखलढुङ्गामा सनराईज बैंकको POS सेवा

 

ओखलढुङ्गान्युज, असोज १ ओखलढुङ्गा । सनराईज बैंंक ओखलढुङ्गा शाखाले आफ्नो स्थापना दिवसको अवसर पारेर ओखलढुङ्गामा POS सेवाको पनि सुरुवात गरेको छ । जिल्लाको सदरमुकाममा रहेको ग्रीनहिल होटल र फ्याफुल्ला होटलबाट सेवाग्राहीलाई POS सुविधा दिनका लागि जडान गरेको बैंकले जनाएको छ ।

बैंकको POS सुविधा जडान गरे सगै यी होटलमा आउने सेवाग्राहीहरुले डेविट कार्ड, क्रेडिट कार्ड र एटिएम कार्डवाटै होटलमा खाएको वा वसेको बील भुक्तानी गर्न सक्नेछन् । कतिपय अबस्थामा साथमा क्यास पैसा नहुने तर होटलमा नै बसेर खान मन भएकाहरुलाई यो सुबिधाले फाईदा पुग्ने सनराईज बैंक ओखलढुङ्गाका ब्रान्च मेनेजर खेमराज रानामगर जानकारी दिनुभयो ।

नेपालकै वा विदेशीहरुले पनि यो सुबिधा लिन सक्नेछन् । होटलमा बसेर सेवाग्राहीले यो सेवाको उपभोग गर्दा होटलमा तिर्ने कुल खर्च अनुसार थप सेवा शुल्क भने तिर्नुपर्नेछ । सनराईज बैंकको नै एटिएम, मास्टर कार्ड, डेविटकार्ड वा क्रेडिट कार्ड मार्फत सेवा लिन चाहेमा सेवाग्राहीले होटलमा तिर्ने चार्जको एक दशमलब पाँच प्रतिशत सेवा शुल्क तिनुपर्ने हुन्छ । त्यस्तै नेपालकै अन्य बैंकहरुको भएमा दुई प्रतिशत र विदेशी जुनसुकै राष्ट्रको कार्ड भएपनि तिन प्रतिशत होटलमा तिर्नेशुल्कमा थप सेवा शुल्क लाग्नेपनि बैंकका मेनेजर रानामगरले जानकारी दिनुभयो ।

बैंकको स्थापना दिवसको अवसर पारेर शोमवार नै जिल्ला सदरमुकामको सगरमाथा जनता माद्यमिक विद्यालयका २० जना विद्यार्थीहरुलाई एक–एक थान व्याग सगै स्टेशनरी वितरण गरेको थियो । स्थापना दिवसका अवसरमा बैंकले विद्यालय तथा होटलमा बैंकको मायाको चिनो समेत बाडेको थियो ।