नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ग्रामिण महिला जागरण समूहको २४ औं बार्षिक साधारण सभा

ओखलढुङ्गान्युज, भदौ २३ ओखलढुङ्गा ।  ग्रामिण महिला जागरण समूह (GMJS) ओखलढुङ्गाको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समूहको आफ्नै भवन ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा १२ को जिविस टोलमा सम्पन्न भएको हो ।

जिल्लाका महिलाहरुको क्षेत्रमा कृयाशिल यो समूह जिल्लाकै ठूलो समूह हो । २०५२ साल फागुन ८ गते ओखलढुङ्गामा दर्ता भै काम गर्न थाले देखी हालसम्म नियमित रुपमा (आज) शनिवार सम्म २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्था दर्ता भएपश्चात आफ्नो नियमित वार्षिक साधारण सभा सञ्चालन गर्ने सायदै यो पहिलो संस्था हो । यो समूहले ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको सबै वडा तथा सिद्धिचरण नगरपालिकाका ३ ओटा वडाहरुमा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्य समिति र कर्मचारीहरु

साविकको १० ओटा गाविसमा १२ ओटा मूल समिति निर्माण गरि ७२ समूह मार्फत आफ्नो विविध कृयाकलाप तथा कार्यक्रमहरु यस संस्थाले सञ्चालन गर्दै आएको छ । समूहमा २ सय ३ जना दलित, ५ सय ८६ जना जनजाति र ३ सय ७७ अन्य गरि जम्मा १ हजार १ सय ६६ जना यस संस्थामा संलग्न रहेको संस्थाले जनाएको छ । वार्षिक साधारणसभा कार्यक्रममा संस्थाका कोषाध्यक्ष चन्द्रकला श्रेष्ठले संस्थाको आय–व्यय तथा प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै वार्षिक साधारण सभामा हुनसक्ने सम्भावित खर्चको बारेमा संस्थाका कार्यक्रम संयोजक विमला दाहाल धमलाले जानकारी गराउनुभएको थियो ।

वार्षिक साधारणसभाको अवसरमा संस्थाले संस्थाको स्थापना कालदेखी संस्थालाई यो स्थानसम्म ल्याई पु¥याउनुहुने संस्थापक अध्यक्ष पूर्णसरी राई, संस्थाका अध्यक्षहरु अच्छिदेवी श्रेष्ठ, सिता कार्की, हिमाल श्रेष्ठ, हेम कुमारी तामाङलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ । त्यस्तै संस्थाको कार्यक्रम कार्यान्वयनको क्रममा लामो समयसम्म निरन्तर सेवा गर्ने राधा बस्नेत, कमला परियार, विष्णु कुमारी राई र लेखामाया सुनुवारलाई पनि दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो ।

त्यस्तै संस्थाको स्थापना कालदेखी नै संस्थागत विकासमा सहयोग पु¥याउने संस्थागत विकास सञ्जाल ललितपुर र साहस नेपाल ओखलढुङ्गालाई पनि सम्मान गरेको छ । संस्थाको वार्षिक साधारणसभाले आगामी वर्ष संस्थाले के कस्तो कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने विषयमा योजना निर्माण गर्ने सस्थाका संस्थाका अध्यक्ष गौरी घिमिरेले जानकारी दिनुभयो ।