नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा यो वर्षको सकियो लाखे नाच

विवेश श्रेष्ठ, भदौ १८ ओखलढुङ्गा । आज ओखलढुङ्गामा भव्यताका साथ रथयात्रा जात्रा सकिएको छ । आज दिउसो बजारको सिद्धिचरण पार्कवाट निकालिएको रथलाई बजारको विभिन्न भाग परिक्रमा गराउदै बेलुका सेलाएर समापन गरिएको छ । यो सगै करीब एक महिना अघि गठेमंगलको दिनवाट निकालिएको लाखे नाचको पनि समापन भएको छ ।

विशेष गरि नागपञ्चमीको दिनदेखी कृष्णअष्टमी सम्म लाखेनाच देखाउने काम गरिन्छ । कृष्ण अष्टमीको भोलिपल्ट कृष्ण र राधाको रथ वनाई विभिन्न युवा युवतीहरुलाई कृष्ण, राधाको रुपमा सिंगारेर बजार परिक्रमा गराईन्छ । यो बिचको अबधीमा नेवारी संस्कार र संस्कृती अनुसार विभिन्न जात्राहरु देखाईन्छ । लाखे नाचको समापन र कृष्ण जन्माष्टमीको अवसरमा निकालिएको रथ यात्रामा विभिन्न सांगितिक कार्यक्रम पनि प्रश्तुत गरिएको थियो । सांगितीक कार्यक्रम सगसगै सहभागीहरुले रथयात्राका क्रममा भजन किर्तन समेत गाएका थिए ।

तस्वीरमा ओखलढुङ्गाको रथजात्रा ः