नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

बजेट रोकिदा भदौरेको निर्माणाधिन विद्यालयको काम रोकियो

ओखलढुङ्गान्युज, भदौ १६ ओखलढुङ्गा । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई ओखलढुङ्गाले रकम रोक्दा पुननिर्माणको क्रममा रहेका भदौरेका विद्यालयको काम अधुरो बनेको छ । विद्यालय भवन समयमा नै निर्माण कार्य सम्पन्न हुन नसक्दा विद्यार्थीहरुलाई समस्या भएको छ ।

विद्यालय भवन निर्माण कार्य बेलैमा सम्पन्न हुन नसक्दा पढाई रहेको समयमा पानी पर्यो भने पढाई वन्द गर्नुपर्ने बाध्यता छ । छ । चिशंखुगढी गाउँपालिका वडा नं. ६ मा रहेको महेश्वर माद्यमिक विद्यालयले वालवालिकाहरुलाई वासको टहरामा राखेर विद्यालयले अध्यापन गराई रहेको छ । त्यस्तै छात्रप्रगती मावि भदौरेको विद्यालय भन्दा माथिवाट सडक खनिएको सडकका कारण डुलो पानी पर्यो भने भल विद्यालयको कोठा भित्र छिर्छ । जसले पठनपाठनको कार्यमा असर गरेको छ ।

भैरहेको विद्यालय भूकम्प पश्चात पूर्ण क्षति भएको र बाकी विद्यालयमा पनि भल पस्ने तथा नयाँ वन्न थालेको विद्यालय समयमा नै सम्पन्न हुन नसक्दा समस्या भएको हो । निर्माणाधिन विद्यालय वेलैमा सम्पन्न नहुदा आफ्ना वालवच्चाहरुलाई पठन पाठनमा समस्या भएको भन्दै निर्माणाधिन भवनको रोकिएको बजेट निकासाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

शुक्रवार चिशंखुगढी गाउँपालिका वडा नं. ६ को वडा कार्यालयमा भएको स्थानीय सभाको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय सभाले गरेको निर्णयलाई ग्रहण गर्दै उक्त रोकिएको बजेटलाई यथासिघ्र फुकुवा गरि विद्यालय भवनको निर्माण कार्य सम्पन्न गराउनका लागि आफुले गाउँपालिका मार्फत पहल गर्ने चिशंखुगढी गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगरले प्रतिबद्धता जनाउनुभएको छ । साथै विद्यालयको रोकिएको कामलाई यथासिघ्र सम्पन्न गराउन बाकी बजेट फुकुवा गरि निकासा गराईदिन जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गाको ध्यानाकर्षण गराउने निर्णय पनि स्थानीय सभाको बैठकले निर्णय गरेको छ ।


करीब एकवर्ष अघि नागरिक समाज र पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत भदौरेमा सोच नेपालले स्थानीय सभाको गठन गरेको थियो । चिशंखुगढिको भदौरे लगायत ओखलढुङ्गाको मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकामा पनि नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजना अन्तर्गत सोच नेपालले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

जिल्लाका कतिपय विद्यालयको निर्माण कार्य हालसम्म सुरुवात नै हुन सकेको छैन भने कतिपयको ट्रष्ट हालेर छाना लगाउने र ईटाको वालको काम मात्रै सकिएको छ । पौषको मसान्तमा योजना सम्झौता गर्न लगाएर असार मसान्त सम्म सकाउन बाध्यता गरिएकोले विद्यालय भवन निर्माण सम्पन्न हुन नसकेको स्थानीयहरुले बताएका छन् । योजना सम्झौता गरेको करीब छ महिनामा भवन निर्माण सकिने भएपनि भवन निर्माण स्थलमा खटिने प्राबिधिकहरुले समय नदिदा, ईञ्जिनियरहरुले भनेको स्थानवाट मात्रै जस्ता, ट्रष्ट, ईटा ल्याउन बाध्यता गराईदा र ढुवानीकर्ताले विद्यालयमा समयमा नै समाग्री ढुवानी नगराईदिदा भवन निर्माण नसकिएको विद्यालयका प्रधानाध्यापकहरुले बताउदै आएका छन् ।

जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई शिक्षा अन्तर्गत निर्माण भएका जिल्ला भरका निर्माणाधिन विद्यालयहरुको दोश्रो चरणको रनिङ विल अनुसारको पैसा भुक्तानी गरेको थियो । तर आर्थिक वर्ष २०७४/०७५ को असार मसान्त सम्म काम नसकिएको भन्दै जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गाले विद्यालयको पैसा रोकेको छ । पैसा रोकिदा जिल्ला भर निर्माणाधिन अवस्थामा रहेका करिब पाँच दर्जन विद्यालय भवनको निर्माण कार्य अन्यौलमा परेको छ ।