पहिरोले पुरिएर ओखलढुङ्गामा एकै घरका चारको मृत्यु
प्रकासित मिति : २०७५, १४ भाद्र बिहीबार १२:०९
प्रकासित समय : १२:०९
विएन श्रेष्ठ, भदौ १४ ओखलढुङ्गा । अविरल वर्षातका कारण बुधबार राति आएको पहिरोले घर पुरिँदा ओखलढुङ्गामा एकै घरका चारजनाको मृत्यु भएको छ । पहिरोले घर पुरीदा मोलुङ गाउँपालिका–८ मा चारजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा वर्ष ५० का पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षका धनकुमारी राई, पूर्ण बहादुरका दिदी ५५ वर्षीया मित्रमाया राई र उनका छोरा ३ वर्षीय आशिष राई रहेका छन् । पहिराेले राइकाे पुरानाे घर पुरै पुरिएकाे छ भने भूकम्प पश्चात बनाएकाे घरलाइ पनि क्षति गरेकाे छ ।
पहिरोले पुरिएकाहरुलाई विहिवार विहान ओखलढुङ्गाबाट गएको प्रहरी र स्थानीयले उनीहरुको शव निकालिसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।