नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

बेबारिसे सबको पहिचान हुन सकेन

ओखलढुंगान्युज, भदौ १० ओखलढुंगा । गत सुक्रवार बेबारिसे अबस्थामा भेटिएको एक पुरुषको शबको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । गत सुक्रबार मोलुंग गाउँपालिका वडा नं. १ साविकको कुन्तादेवी गाविस वडा नं. ७ को लिपे खोलामा उक्त शब फेला परेको थियो । पुरुषको शबलाई हेर्दा मृतक करीब २५ देखी ३० वर्षको जस्तो देखिने, गोलो र मंगोलियन जस्तो अनुहार देखिने, कपाल काटेको र शरिरमा कुनै कपडा छैन ।

बाटो हिड्ने क्रममा स्थानीयहरुले उक्त स्थानमा सब देखेपछि प्रहरीलाई खबर गरेका थिए । भेटिएको पुरुषको सबमा कुनै कपडाको टुक्रा समेत छैन । स्थानीयहरुले सबको पहिचान गर्न नसकेकोले प्रहरीलाई जिम्मा लगाएका थिए । प्रहरीले आवश्यक स्थानीय मुचुल्का गरेर शबको पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएका थिए ।

शब भेटिएको तिन दिन वितिसक्दा पनि शबको पहिचान भने हुन सकेको छैन । मानिस हराएको बारेमा हालसम्म कहि कसैले हाल सम्म खोजि गरेको सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ । सबको पहिचान हुन नसक्दा र सबलाई अहिले जिल्ला अस्पताल रुम्जाटारको शबगृहमा नै राखिएको प्रहरीले जनाएको छ । शब कुहिएर अस्पताल परिसरमा समेत दुर्गन्ध फैलन थालेको छ । कहि कतै कोही मानिस हराएको भएदेखी जिल्ला प्रहरी कार्यालय वा जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगामा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले अनुरोध गरेको छ ।