नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ढाडखोलाले युवकलाइ बगायाे

ओखलढुङ्गान्युज, भदौ ८ ओखलढुङ्गा । विहिवार आएको भिषण बर्षातका कारण खोलाले बगाउदा एकजना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ७, साविकको विगुटार गाविस वडा नं. ९ का वर्ष २३ का पेमारिञ्जी शेर्पा रहेका छन् ।

विगुटारको विचमा रहेको ढाडखोलामा आएको भलले शेर्पालाई बगाएको हो । जिल्ला सदरमुकाम बजारवाट घर फर्कदै गर्दा साझपखको भिषण पानी पश्चात आएको बाढीले खोला तर्ने क्रममा उनलाई बगाएको सिद्धिचरण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बम बहादुर राईले जानकारी दिनुभयो ।

सधै झै शेर्पा बजार आएर घर फर्कदै थिए । केही समयदेखी पानी परिरहेको थियो । खोला सानै देखेर तर्नलाग्दा खोलाको पानीले उनलाई लडाएको थियो । भलले भगाएपछि शेर्पालाई स्थानीयहरुले उद्दार गरेका थिए । शेर्पाको उद्दार पश्चात उनलाई राती नै उपचारका लागि सामुदायीक अस्पाताल सोब्रुमा ल्याईएको थियो । शेर्पाको अस्पतालमा उपचार भै रहेको र उनी खतरामुक्त रहेको अस्पतालले जानकारी गराएको पनि अध्यक्ष राईले जानकारी दिनुभयो ।