नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गामा आगलागीमा परि एक घाईते, लाखौको क्षति

ओखलढुङ्गान्युज, भदौ ७ ओखलढुङ्गा । ओखलढुङ्गाको सदरमुकाममा रहेको एक घरको कोठामा आगलागी हुदा एकजना घाईते भएका छन् भने लाखौको क्षति भएको छ । आगलागी हुदा सर्लाही जिल्ला गोनरवा गाउपालिका वडा नं. ४ की २२ वर्षिया अनुकुमारी महतो घाईते भएकी छन् ।

सिद्धिचरण नगरपालिका वडा नं. १२ को मध्येबजारमा रहेको कंचन श्रेष्ठको घरको कोठामा आगलागी भएको हो । श्रेष्ठको घरमा डेरागरी वस्ने महतोको कोठामा आगलागी हुँदा करीब १ लाख ५० हजार बराबरको धनमाल नष्ट भएको छ । खाना पकाउन ग्यास बाल्ने क्रममा पहिले देखी लिक भएको ग्यासका कारण आगलागी भएको हुन सक्ने स्थानीयले अशेष श्रेष्ठले बताए ।

आगलागीबाट ठूलो क्षति हुनवाट भने बजार जोगिएको छ । आगलागीवाट महतोको कोठामा रहेको २८ हजार नगद, करीब १ तोला बराबरको सुनको गहना, कोठामा रहेको लत्ताकपडा, भाडाँहरु र खाद्यान्नका सामानहरु समेत जलेर नष्ट भएको छ । ग्याँस लिक भएर आगलागि भएपनि सिलिन्डर नै विष्फोट भने हुन पाएन ।

आगलागी हुनसाथ स्थानीयहरु जम्मा भएर आगो नियन्त्रणमा लिएका थिए । आगलागीलाई नियन्त्रणमा लिनेक्रममा घरधनी कञ्चन श्रेष्ठ र छिमेकी तिलक श्रेष्ठलाई पनि सामान्य चोट लागेको छ । आगो निभाउन नजिकै रहेको एन आई सी एशिया बैंकको स्प्रेलाई प्रयोग गरिएको थियो । घाईते महतोलाई सामुदायीक अस्पताल सोब्रुमा उपचार पश्चात घर फकाईएको छ ।