नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गामा एक युवक मृत अबस्थामा फेला, हत्या गरिएको आशंका

मृतक सन्ताेष कार्की

विएन श्रेष्ठ, भदौ ६ ओखलढुङ्गा । ओखलढुङ्गामा एक युवक आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । मोलुङ गाउँपालिका वडा नं. ३, साविकको हर्कपुर गाविस वडा नं. ९ का जय वहादुर कार्कीका छोरा २९ वर्षिय सन्तोष कार्की मृत अबस्थामा फेला परेका हुन् ।

मंगलावार विहान घरपरिवार सग खाना खाएर उनका बुबा–आमा धान गोड्न खेत तर्फ गएका थिए । दिउसो अबेर घर फर्कदा छोरा सन्तोष आफ्नै कोठामा सुति रहेका थिए । तर परिवारका सदस्यले नजिक गएर बोलाउदा रुमको वरपर रगत लत्पतिएको अवस्थामा उनी मृत फेला परेका थिए । आफ्नो छोरा मृत फेला परेपछि परिवारले गाउँलेलाई खबर गरेका थिए भने नजिकैको ईलाका प्रहरी कार्यालय रामपुरमा पनि जानकारी गराएका थिए ।

घटनास्थलमा मंगलवार बेलुका नै प्रहरीको टोली पुगेपनि केही गरेको थिएन । आज (बुधवार) विहान करीब १० जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ । घटनास्थलमा पहिले हेर्दा मृतकले आत्महत्या गरेको जस्तो देखिएपनि मृतकको शरिरमा धेरै चोट लागेका कारण उनको हत्या नै भएको हुन सक्ने आशंका गरिएको प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख शर्माले भन्नुभयो, ‘मृतकको नजिकै रगत लतपतिएको करीब ७–८ ईञ्चको चक्कु फेला परेको र शरिरको विभिन्न भागमा धेरै चोट लागेको देखिएकोले उनको हत्या भएको हुन सक्ने आशंका छ ।’ उहाँले भन्नुभयो, ‘घटनाको प्रकृती हेर्दा हत्या भएको जस्तो देखिएपनि घटनाको बारेमा प्रहरीले अनुसन्धान थालिसकेको छ ।’ लासलाई पोष्टमार्टम गर्नका लागि रुम्जाटार पठाईने तयारी छ ।